प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक ।

  काठमाडौं, वैशाख २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् । आकस्मिक रुपमा बोलाइएको बैठकको एजेण्डा... Read more »

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममै एमालेको औपचारिक विभाजन हुन सक्ने ।

  काठमाडौं, वैशाख २५ गते । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पछि संसदमा विश्वासको मत लिँदैछन् । उनको सरकार टिक्ने वा नटिक्ने एमालेकै खनाल–नेपाल समूह निर्णाय बनेको छ... Read more »

विपक्षीहरुको साझा उम्मेदवारको रुपमा राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता ।

  काठमाडौं, वैशाख २४ गते । विपक्षीहरुको साझा उम्मेदवारको रुपमा राष्ट्रिय सभा सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा... Read more »

हिमाल पारीको जिल्ला मुस्ताङको मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा कृषक उत्साहित ।

  काठमाडौं, वैशाख २४ गते । हिमाल पारीको जिल्ला मुस्ताङको मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा कृषक उत्साहित भएका छन् । स्याउको राजधानी भनेर चिनिने उक्त जिल्लामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा... Read more »

कोरोना संक्रमणबाट पछिल्लो चौबिस घण्टामा ५४ जनाको मृत्यु, ९ हजार ७० जना संक्रमित ।

  काठमाडौं, वैशाख २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५४ जनाको मृत्यु भएको छ । उक्त संख्यासँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५२९ जना... Read more »

पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ३७३ संक्रमित, ३ हजार ९७९ को मृत्यु ।

  काठमाडौं, वैशाख २३ गते । भारतमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख १२ हजार ३७३ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ३ हजार ९७९ जना पुगेको छ... Read more »

कोरोना भाइरस संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने ।

  काठमाडौं, वैशाख २३ गते । स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पतालहरुलाई कारबाही गर्ने जनाएको छ । सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएर कोरोना संक्रमितहरुको उपचार... Read more »

उपत्यकाको आवागमनमा थप कडाई, बिहान नौ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द ।

  काठमाडौं, वैशाख २३ गते । काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिएको छ । सुरक्षाकर्मीहरुले आवागमनमा थप कडाई गरिरहेका छन् । बिहान नौ बजेसम्म मात्रै खाद्यन्नका पसलहरु खुल्न पाउनेछन् । फुटपाथ व्यवसायलाई... Read more »

वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार ठाउँमा आईसीयू सहितको कोभिड अस्पताल बन्ने ।

  काठमाडौं, वैशाख २३ गते । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाको चार ठाउँमा आईसीयू सहितको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका... Read more »

पछिल्लो चौबिस घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ५८ जनाको मृत्यु ।

  काठमाडौं, वैशाख २२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी थप ५८ जनाले कोरोना संक्रमणका कारण ज्यान... Read more »