राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तिहार पर्वले आपसी सद्भाव र भाइचारा बढाउने विचार व्यक्त ।

 


काठमाडौं, कार्तिक २० गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीहरुबीच आपसी भाइचारा र सद्भाव बढाउने विचार व्यक्त गरेकी छन् । भाइटिकाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले उक्त विचार व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । झिलीमिली बत्तिको प्रकाशले औंशीको अँध्यारो हटाउने एक प्रतिकात्मक उत्सव भएको शुभकामनामा व्यक्त गरेकी छन् । मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्ध रहेको उनले बताएकी छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *