नेपालमा पछिल्लो चौबिस घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि ।

 


काठमाडौं, माघ १५ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा ३ हजार ३१८ जना र ४ हजार ४६१ जनाको एन्टिजेन परीक्षणमा १ हजार ५८६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यसैगरी ५ हजार ९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *