बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत प्राप्त ।

 

काठमाडौं, कार्तिक २२ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । बागमती प्रदेशमा १ सय ९ सदस्य रहेका छन् ।

विश्वासको मत प्राप्त गर्न ५५ जनाको समर्थन आवश्यक पर्छ । नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जनता समाजवादीका एक जना सांसदले विश्वासको मत दिएका थिए । विश्वासको प्रस्तावको विपक्षमा ४३ मत परेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *