इन्धनको मूल्य बढ्यो, प्रति सिलिण्डर ग्यासको मूल्य अब १ हजार ५७५ पुग्यो ।

 


काठमाडौं, कार्तिक २५ गते ।
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य पनि बढाएको छ । नेपाल आयल निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य वृद्धिको गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य ७५ रुपैयाँले वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै प्रति सिलिण्डर ग्यासको मूल्य १ हजार ५७५ रुपैयाँ पुगेको छ । प्रति लिटर पेट्रोलको मूल्य १३६ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ पुगेको छ । आन्तरिक तर्फ हवाई इन्धनको मूल्य ५ रुपैयाँले वृद्धि गरेर १०१ रुपैयाँ पु¥याइएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको प्रतिकिलोमिटर मूल्य ८९५ अमेरिकी डलर पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *