विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहद्वारा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग गठन ।

 


काठमाडौं, कार्तिक १२ गते ।
विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहद्वारा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग नै गठन गरेको छ । मिश्रमाथि छानबिन गरेर कारबाही गर्नको लागि सुशासन तथा न्याय समिति गठन गरेको हो । काठमाडौंमा बसेको पाण्डे समूहको केन्द्रीय समितिको बैठकले आशुतोष तिवारीको नेतृत्वमा आयोग गठन गरेको छ । अध्यक्ष मिश्र लगायतले विधान विपरीत काम गरेको आरोप बैठकले लगाएको छ । पार्टीलाई गुटबन्दीको शिकार बनाएको र पार्टीलाई नै अलमलमा पारेको आरोप लगाइएको छ । बैठकले आयोगलाई अनुसन्धानका लागि एक हप्ताको समय दिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *