मिनराज बडु
(नेसपा राजनीतिक समिति सदस्य तथा अध्यक्ष सुप ।)
लेलिनले भनेका थिए इतिहास लेख्नु भन्दा इतिहास निर्माण गर्नु १० गुणा बढी आनन्द हुन्छ ! इतिहास घोक्नेहरुको भन्दा इतिहास रच्नेहरुको नै पटक पटक जन्म हुन्छ !! तर ……………
केहि प्रतिक्रियावादीको लहडमा सामन्तहरुको पोष्टमै तत्कालीन जनयुद्ध कालिन योद्धाले नै जनयुद्ध प्रतिको जगहसाइ गरेको देख्दा दुइ शब्द लेख्ने मन लाग्यो । शरीरमा ५०औं किल्ला १०औं गोलिका छर्रा ठोक्दा पनि सामन्ती दुश्मनको अगाडि नझुक्ने इतिहास बोकेको माओवादी योद्धा नै हुन ।नेताहरु बाट!केहि गलती भएका अवश्य छ्न । हामी सबैले स्विकार्नु पर्छ । तरपनि माओवादी योद्धा ले बन्दुक उठाएको निजि तथा परिवारिक स्वार्थमा पक्कै पनि होइन होला।
बन्दुकको नालबाट चलेको राज्यसत्ता बन्दुककै नालबाट विस्थापित गराउन सामन्ती राज्यसत्ताको दासताबाट आर्जित नेपाली जनतालाई मुक्त गराउन बन्दुक उठाउने योद्धाले आज आफै दास भए झै निराश भएर प्रतिक्रियावादीको अगाडि गिड्गिडाएर पुनः प्रतिक्रियावादी लाई नै हसाउने मनोरञ्जन दिने दुस्साहस गर्ने सक्कली क्रान्तिकारी योद्धा हुनै सक्दैन । उ अवसरवाद हो उ आवेग र आग्रह हो । किन कि परिस्थिति अहिले पनि फेरिको छैन ।
सामन्ती राज्यसत्ताको नाइके दरबारबाट मुक्त भएता पनि सामन्तवाद का अवशेषको दासता बाट! नेपाली समाज र श्रमजीवी वर्ग अझै मुक्त भएको छैन । नेतृत्वको कुशल रणनीतिक सफलताले नेपाली जनता माथी भौतिक आक्रमण हुन सकेको मात्र छैन । अहिले पनि यूद्व जारी नै छ । अझै कठिन छ । बंधुक बोक्नु मात्र क्रान्ति होइन । बैचारिक रूपमा मानसिक आक्रमण बाट नेपाली समाजलाई सुरक्षीत राख्नु प्राप्त उपलब्धिको रक्षा र विकास गर्नु पनि त्योभन्दा दशौं गुणा कठिन यूद्व हो ।
यसकारण म भन्छु निराशताले कायर् बनाउन्छ । संघर्षले योद्धा । जनयुद्धका सम्पुर्ण योद्धालाई प्रतिक्रियावादीको अगाडि कायर् बन्ने छुट छैन । र समाजमा क्रान्तिकारी अपराधी होइन चेतनशील नागरिक हो । उसले समाजमा घरमा र देशमा उच्च सम्मान पाउनुपर्छ त्यो हक राख्दछ । यस बाटोमा राज्य अगाडि बढ्नुपर्छ । त्यो बाटो मात्र अबको समुन्नत समाजवाद हो ।
धन्यवाद !!