काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने भएका छन् । कोषले पहिलो पटक घडेरी किन्न ऋण दिने व्यवस्था मिलाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कर्जाको बारेमा जानकारी गराएका हुन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकहरुले ६ प्रतिशतका दरले अधिकतम १ करोड ५० लाखसम्म ऋण प्राप्त गर्न सक्नेछन् । कोषले हाल घर कर्जा, घर निर्माण कर्जा र शैक्षिक कर्जा उपलब्ध गराई रहेको छ । श्रमिकले कोषमा गरेको योगदानको आधारमा अधिकतम डेढ करोड ऋण पाउनेछन् ।
