जङ्गबहादुरले कोतपर्व, भण्डारखाल पर्व र अलौ पर्व मार्फत् विरोधीहरूको निर्मम ढङ्गले हत्या गरे ।

 


काठमाडौं, वैशाख २० गते ।

बाबु बालनरसिंह कुँवर र आमा गणेशकुमारी थापा (कुँवर)को छोरो वीर नरसिंह कुँवर अर्थात् जङ्गबहादुर राणाको जन्म वि.सं. १८७४ मा गोरखा जिल्लाको बोर्लाङ भन्ने ठाउँमा भएको थियो । उनको मामा माथवरसिंह थापाले जङ्गबहादुर राणा नाम राखिदिएका थिए । वि.सं. १९०३ आश्विन २ गते शनिबार गगन सिंहको हत्याको छानबिन गर्न भनी रानी राज्यलक्ष्मीदेवीले भारदारहरूको भेला गरेको बेलामा उनले अभिमानसिंह बस्नेत लगायतको हत्या गरेर कोतपर्व गराए । त्यसबेला फत्तेजङ्ग शाह प्रधानमन्त्री थिए । राज्यलक्ष्मीदेवीले बदला लिन वि.सं. १९०३ कार्तिक १२ गते भण्डारखालमा बोलाएको भेलामा भण्डारखाल पर्व मच्चाए । राज्यलक्ष्मीदेवीको योजना पण्डित विजयराजबाट खुलेपछि उनले भारदारको हत्या गर्न सफल भए ।

भण्डारखाल पर्वमा वीरध्वज लगायतको हत्या भएको थियो । भण्डारखाल पर्व पश्चात् राज्यलक्ष्मीलाई निर्वासित र राजा राजेन्द्रलाई सत्ताच्युत गरी सुरेन्द्रलाई राजा बनाए । राज्यलक्ष्मीदेवीको साथ काशी गएका राजा राजेन्द्र सत्ता पुनः आफ्नो हातमा फर्काउने उद्देश्यले वीरगन्जको अलौ भन्ने ठाउँमा फौजका साथ क्याम्प खडा गरी बसेका बेला जङ्गबहादुरको फौजले आक्रमण गरी अलौ पर्व घटाए । कोतपर्व, भण्डारखाल पर्व र अलौ पर्व मार्फत् आफ्नो विरोधीहरूको आक्रमण गरी निर्मम ढङ्गले हत्या गरे । उनले ३१ वर्षसम्म शासन गरे । लिखित कानुनको निर्माण, मुलुकीखाना, किताबखाना, दरबार स्कुल, तोपखाना आदिको स्थापना गरे । वि.सं. १९१४ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई नेपालमा गाभ्न सफल भएका थिए । उनको मृत्यु वि.सं. १९३३ मा रौतहट जिल्लाको पत्थरघट्टामा भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *