विकासको पूर्वाधार नै विज्ञान र प्रविधिः आगामी बजेटले सम्बोधन गरोस्

 

मेघनाथ रिजाल (वैज्ञानिक अन्वेषक)

आज विश्व मानचित्रमा हेर्दा मानिसले जेजति उन्नति र प्रगति गरेको देखिन्छ र सुनिन्छ त्यसको करिव ९० प्रतिशत हात विज्ञान र प्रविधिको प्रयोगमा भर परेको छ । कुनैपनि समाज वा देशले कति प्रगति गरेको छ भन्ने आधार खोज्दा उसले कति मात्रामा विज्ञानको खोज र अनुसन्धानात्मक कार्यमा जनताहरुलाई परिचालन गरेको छ भन्ने कुरा नै प्रमुख सूचाङ्कले स्पष्ट पार्दछ । नेपाली समाजलाई गहिरोगरी ध्यान पुर्‍याउँदा यति धेरै अन्धविश्वासमा जकडएिको छ कि कतिपय समुदायभित्र छिचोलेर अध्ययन गर्दा त्यो समाजले सिर्जनशील भएर सोच्ने फुर्सदै छैन । आफ्नो परम्पराको जगेर्नाको नाममा आफ्ना सन्ततीहरुलाई समेत अन्धविश्वासी खाल्टोबाट बाहिर निकाल्नुको साटो दिन प्रतिदिन झन ठुलो खाल्डो बनाएर पुर्न तम्सिएको देखिन्छ ।

जब मानिस जंङ्गली समाजबाट क्रमशः केही सभ्य समाजमा पाईला टेक्नासाथ कृषि युग हुँदै सामन्ती समाजमा रुपान्तरण भयो । त्यो समाज राज्यसत्ताको नियन्त्रणमा गयो, तत्कालिन समाजका अगुवा वा राजा रजौटाहरुले आफू सधैं सत्तामा टिकीरहन र आफ्नो हालीमुहाली कायम राख्नको लागि नानाथरीका अन्धवश्विासी परम्पराको थालनी गरे । धेरै आधारहिन र तथ्यबिनाका प्रचारवाजीहरु गरे । अनि अनगिन्ती कुप्रथाहरु चलाए । यी प्रथाहरुले सर्वसाधारण र गरिखाने श्रमजीवी मानसिहरुले नयाँ र सिर्जनशील सोचतिर आफ्नो दिमाग लगाउनै पाएनन् । यहाँ थोरै उदाहरणलाई हेरौं । जस्तै राजाहरु साक्षात विष्णुको अवतार हुन् । आकाशबाट इन्द्रले पानी पारिदन्छिन् । ७ वटा वायूपंखी घोडामा चढेर सूर्यले पृथ्वीको परिक्रमा गरिरहन्छ । चन्द्रमामा देखिने दागहरु कोर नस्किेको हो । सूर्यग्रहण र चन्द्र ग्रहण लाग्नु भनेको कुनै मानव जातविशेषले ऋण उठाउन छालाले बाँधेको हो भन्ने जस्ता मनगढन्ते भ्रमहरु छर्दै त्यसैमा विश्वास गरेका छन् ।

भूकम्प, ज्वालामूखी, असिना पर्नु, हावाहुरीले गर्दा हुने विनास, वाढीपहिरो आउनु आदि अनेकौं विनासहरु सबै प्राकृतिक परिघटनाहरुलाई सबै दैवकै खेल हो भन्ने जस्ता अनगिन्ती कुराहरुमा वैज्ञानिक चिन्तन नगरी केवल ईश्वरीय खेलको नाम दिएर पुस्तौंपुस्तालाई रणभूलमा राखिएको छ । बोक्सी डाइनी, पर पिसाद, तर्साउने , धामीझाक्री, टुनामूना, जादु र मन्त्र आदिले कतिपय समुदायहरुमा नेपालीहरुको सबै दिमाग भुटिदिएको छ । जाति जातिमा चरम भेदभाव, उपल्लो र तल्लो जात बनाएर समाज अपांङ्ग भएको छ ।

दलित, महिलाहरुमा छुईप्रथा, विभिन्न विना अर्थका जात्राहरु दैनिक र महिनौंसम्म देखाउने, अनगिन्ती देवताको नाममा वलि दिने प्रथा, यज्ञ र होमादिको नाममा अन्न र घिउ फलफूल आदि डढाएर पुन्यको कामना गर्ने जस्ता अनगिन्ती कुराहरुले नजानिदो पाराले मानसिको मन सिकिस्तै थलिएको अवस्था छ । अन्धविश्वासको मूल जरोको रुपमा रहेका मठ मन्दिर, गुम्बा, चर्च र मस्जिद आदिमा विकासको नाममा राज्य कोषको अरबौंको वजेट लगानी गरिनु र त्यसलाई विकासको नाम दिई उर्जाशील उमेरका मानिसहरु घण्टौं पूजाआजा ध्यान तपस्या व्रत र दान दक्षिणामा व्यस्त हुनु, त्यसैमा सारा ध्यान लगाई रहँदा राज्यले यसलाई टुलुटुलु हेरेर त्यसैमा रमाईरहेको देखिन्छ । एउटा व्यक्ति पुराण, महापुराणमा लाखौं दान दक्षिणा गर्छ तर उही मानसिको मन धारा, पधँेरो, बाटो, स्कुल पुलपुलेसो बनाउन दान दिन पटक्कै अगाडि सरेको देखिँदैन । यस्तो कार्यहरुले मानिसको ईश्वरको नाममा पण्डित पुरोहितलाई दान गर्ने भावनाको विकास त गर्ला तर सिर्जनशील दिमागी विकास हुनै सक्तैन र नत यसले कुनै वैज्ञानिक चिन्तन र खोज नै गर्नु पर्ने हुन्छ । अझैपनि खोलानाला तर्दा रुपैया पैसा चढाएर बगाउने कार्य पनि अन्धवश्विासकै उपज हो ।

विश्वको इतहिास हेर्दा थाहा हुन्छ कि विगतमा यही अन्धवश्विासले जकडएिका मुलुकहरु जस्तै जापान, कोरिया, चीन, यूरोप आदि जस्ता थुप्रै देशहरुले यो अन्धविश्वासी भावनाले हन्डर खाएर नै देश परिवर्तनको पहिलो खुड्किलो नै अन्धविश्वास हटाउने जमर्को गरी समाजलाई यही अन्धविश्वासको भूमरीबाट मुक्त गराउनु पर्छ भनेर यसको जराकिलाहरु मासिदिए । सांस्कृतकि रुपान्तरण गरी जनताको दिमागमा विज्ञान र प्रविधिको उपयोगिता र महत्वको बीउ रोपिदिए । देशमा उपलब्ध प्राकृतिक स्रोत र साधनहरुको अधिकतम उपयोग गर्दै ती राष्ट्रहरु अहिले विकासको चरमचुलीमा पुगेका छन् । मन्दिरमा र गुम्बा आदि ठाउँमा झोक्रिएर वा उर्वर समयलाई पूजापाठ र ध्यान र जपमा मात्र खर्च गरेर कहिले विज्ञानको खोज गर्ने ? भनेर अन्धविश्वासको विरुद्धमा क्रान्ति नै गरे । देशको अधिकतम् ध्यान नयाँ–नयाँ खोज र अनुसन्धानमा लगाए । प्रविधिमैत्री शिक्षा लागू गरे । विद्यालयको पाठ्यक्रम सिपमूलक अनि विज्ञान र प्रविधियुक्त बनाए र आज उनीहरु अपत्यारिलो हिसाबले सामाजिक र राष्ट्रिय विकासमा नमूना बनेका छन् ।

यस हिसाबले हेर्दा अब नेपालमा पनि यदि विकास चाहने हो भने विज्ञान र प्रविधिको क्षेत्रमा अधिकतम् लगानी गरी जकडिएर रहेको यो अन्धविश्वासी वातावरणलाई नस्तिेज बनाउनु अपरिहार्य भइकेको छ । यस प्रकारको अभियान नै सञ्चालन गर्न ढिला भैसकेको छ । साच्चै भन्ने हो भने भारतको केही ठाउँमा बाहेक यो दक्षिण एसियालाई नै अन्धविश्वासले नराम्रोसँग गाँजेको छ । थिलथिलो र बैज्ञानिक खोजमा दिमाग नै लगाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । यसर्थ जिम्मेवार निकाय र सरकारले विकासमा नागरिकहरुलाई लगाउने हो यदि भने श्रमप्रति पूर्ण आस्था जगाई आगामी वजेटमा समाज रुपान्तरणको पाटोमा अत्याधिक ध्यान जगाउनु पर्दछ ।

अन्धविश्वासले सिकिस्तै बिरामी परेको दिमागले कहिल्यै प्रगतिको मुहान देख्दैन । विज्ञान र प्रविधिको प्रयोग गरी प्रकृतिको अथाहा यो भण्डारणलाई सही ठाउँमा उपयोग गर्न बृहत् वैज्ञानिक खोज र अनुसन्धानमूलक कार्यक्रम ल्याउनु पर्दछ । नत्र परंम्परामुखी कार्यक्रमले फेरिपनि देश उही अन्धविश्वासी खाल्टोमा भ्यागुताको संसार सीमित पानीको कुवा भए सरह भइरहने छ । नत्र अब पनि नेपाली समाज सयौं वर्ष पछौटे विचारको सिकार भईरहने तीतो यथार्थ हाम्रो आँखा वरिपरी कालो वादल सरह घुमिरहेको हुनेछ ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *