वर्षा मौसममा दुग्धजन्य पदार्थ र मौसमी फलफुल स्वास्थ्यका लागि राम्रो

 

काठमाडौं, साउन ६ गते ।

वर्षायाम मौसमको विशेष अवस्था हो । यस मौसममा छिन–छिनमा मौसम बदलिरहन्छ । केहीबेर पानी पर्छ भने केहीबेरमा घाम लाग्छ । केहीबेर शीतल हुन्छ भने केहीबेर गर्मी हुन्छ । पानी पर्ने, बाढी पहिरो जाने जस्ता कारणले मान्छेको जीवनमा प्रभाव पारिरहन्छ । मौसमको यो विशिष्ट अवस्थालाई ध्यान दिएर लगाउनेकुरा र खानेकुरामा होसियारी अपनाउनु पर्छ । खानेकुरामा सतर्कता अपनाउन नसक्दा झाडापखला, रुघा, ज्वरो जस्ता समस्या देखा पर्छन् । यस मौसममा स्वास्थ्यमा धेरै समस्या आउन सक्छन् । छिटो संक्रमण हुने खानेकुराबाट जोगिनु पर्छ । मौसम ओसिलो भइरहने हँुदा खानेकुरामा चाँडै संक्रमण हुन्छ । ढिलो पच्ने, तेलमा तारेका खानेकुरा, बढी मसलाजन्य खानेकुरा, चिल्लो पदार्थ बढी भएको खानेकुरा र मीठाई जस्ता खानेकुरा एकदमै कम खानुपर्छ । मौसमी आद्र्रता बढी हुने हँदा खानेकुरामा पसिना आई चाँडै सड्ने हुन्छ । त्यस्तो खानेकुरा खाएमा पाचन प्रणालीले काम गर्न सक्दैन । शरीर अनुकूल खानेकुरा खानुपर्छ । गर्मी मौसमको खानेकुरा हलुका प्रकृतीको हुनुपर्छ । त्यस्तो खानेकुरा पचाउन सजिलो हुन्छ ।

शरीरको तापक्रम बढाउने खानेकुरा खानुहँुदैन । त्यस्ता खानेकुरा खाएमा हैँजा, आउँ र झाडापखला जस्ता रोगले सताउन सक्छन् । पीउने पानी शुद्ध अर्थात उमालेर मात्र पिउनु पर्छ । यो मौसममा संक्रमण धेरै हुन्छ । वर्षायाममा दही खानु राम्रो मानिन्छ । यसले पाचन शक्ति बढाउँछ । दही बिहान र दिउँसो मात्रै खानुपर्छ । मोही पनि स्वास्थ्यका लागि उत्तम हुन्छ । गर्मी गराउने खानेकुराबाट टाढा रहनुपर्छ । माछा, मासु, अण्डा र अन्य मासुजन्य खानेकुरा कम खानुपर्छ । खसी, बंगुर र बँदेलको मासुले शरीरको तापक्रम बढाउने भएकाले यसलाई कम खानुपर्छ । त्यसैगरी मौसमी फलफुल खानुपर्छ । फलफुलमा प्रशस्त पानी र फाइबर हुन्छ । यसले पाचन प्रणालीलाई फाइदा गर्छ । आँप गर्मी याममा पाउने फल हो । यसको मुखलाई काटेर २ घण्टा आधा डुब्ने गरी पानीमा राख्ने र खानुपर्छ । त्यसले शरीरलाई शितलता प्रदान गर्छ । जमुना, आलुबखडा, चेरी, नास्पाती जस्ता फलफुल र हरियो मकै खानु फाइदाजनक हुन्छ । गर्मी याममा कोल्ड डिं«क्स पिउनु हँुदैन । त्यसको सट्टामा कागतीको सर्वत, दही र मोही खानुपर्दछ । गर्मी मौसममा मःम खानु हुँदैन । यसले पाचन प्रणालीमा समस्या पैदा गर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *