चुनावी तालमेलको निर्णय गर्ने अधिकार स्थानीय कमिटीलाई रहेको कांग्रेस महामन्त्री थापाको भनाई ।

 

काठमाडौं, वैशाख ३ गते ।

कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुसँच चुनावी तालमेल गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार स्थानीय कमिटीलाई रहेको बताएका छन् । काठमाडौंको बूढानिलकण्ठमा आयोजना गरिएको पार्टी कार्यक्रममा उनले उक्त भनाई राखेका हुन् । स्थानीय आवश्यकता र अवस्थाका आधारमा मात्रै चुनावी तालमेल गर्न सकिने उनको भनाई थियो । गठबन्धनका अन्य दलहरु अर्थात् कम्युनिष्टहरुसँग चुनावी तालमेल गर्न पार्टीका स्थानीय कमिटीहरु बाध्य नभएको उनको भनाई थियो ।

गठबन्धनका कम्युनिष्ट पार्टीहरु पार्टी एकीकरण गर्ने तयारीमा रहेकाले त्यस्ता पार्टीहरुसँग कांग्रेसले चुनावी तालमेल गर्न बाध्य नहुने उनको तर्क थियो । कांग्रेसले अधिकांश स्थानमा जित्ने दाबी गर्दै थापाले अरुलाई फाइदा हुनेगरी कांग्रेसले बाध्य भएर चुनावी तालमेल नगर्ने बताए । स्थानीय आवश्यकता र अवस्थाका आधारमा स्थानीय कमिटीहरुले जे निर्णय गर्छन् त्यो पार्टीलाई मान्य हुने बताए । स्थानीय कमिटीको निर्णय नै अन्तिम निर्णय हुने भएकाले सोही बमोजिम निर्णय लिन स्थानीय कमिटीहरुलाई आग्रह समेत गरे ।

पार्टी सभापति शेर बहादुर देउवा भने जसरी भएपनि गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्नु पर्ने मनस्थितिमा छन् । स्थानीय कमिटीहरु भने महामन्त्री गगन थापाको भनाई अनुसार स्थानीय गठबन्धन संयन्त्रमा अडान लिएर बसेका छन् । अन्तिममा कुरा नमिलेको भन्दै अधिकांश स्थानमा कांग्रेसले एकलौटी उम्मेदवारी दिनसक्ने आँकलन गर्न थालिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *