आइज्याक न्यूटन विज्ञानका विद्यार्थीले सबैभन्दा पहिले सुन्ने नाम हो ।

 

काठमाडौं, माघ ११ गते ।

सर आइज्याक न्यूटन विज्ञानको विद्यार्थीले सबैभन्दा पहिले सुन्ने नाम हो । त्यस्तैगरी न्यूटनको गुरुत्वाकर्षण सिद्धान्त पनि सुन्नै पर्ने विषय हो । यी विश्वविख्यात व्यक्तिको नाम विद्यार्थी लगायत आम मानिसले यो वा त्यो नाममा सुनेकै हुन्छन् । प्रकृतिको अनुपम सिर्जना अर्थात मानव जातिका हितकर्ता सर आइज्याक न्यूटन कालजयी छन् । सन् १६४२ डिसेम्बर ४ तारीखका दिन उनको जन्म बेलायतमा भएको हो । उनी जन्मेको ३ महिनामा पिताको मृत्यु भएपछि उनले टुहुरो बाल्यकाल बिताउन बाध्य भए । आमाले पनि दोस्रो विवाह गरेपछि उनी कलिलो उमेरमै आमाबाबु विहीन हुन पुगे । उनले आफ्नी हजुरआमाको संरक्षणमा हुर्कने अवसर भने पाए ।

माता पिता जे भने पनि उनको मात्रै हजुरआमा हुनुहुन्थ्यो । खाने मुखलाई जुंगाले छेक्दैन भने जस्तै उनको महान् बन्ने अभियानलाई जस्तोसुकै व्यवधानले पनि रोक्न सकेन । उनी विश्वविख्यात वैज्ञानिकहरुको सूचीमा अग्रपंक्तिमा आउने व्यक्तित्व हुन् । उनका अगाडि देखिने भौतिक वस्तुले उनलाई एकोहो¥याउँथ्यो अर्थात् उनी एकाग्रतापूर्वक भौतिक वस्तुको विशेषताको पहिचान गर्न लागि पर्नु हुन्थ्यो । प्रत्येक क्रियाको अन्तरनिहित विशेषताको खोजी गर्नु उनको विशेषता नै थियो । यही विशेषताको कारण उनलाई विश्वविख्यात भौतिकशास्त्री बन्ने सौभाग्य मिल्यो । त्यसको साथसाथै उनी गणितिज्ञ र साहित्यकार समेत बने ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *