एमाले अध्यक्ष ओलीद्वारा माधव–झलनाथ पक्ष चैत्र ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी ।

 


फागुन २९ गते ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते बोलाएको केन्द्रीय कमिटीको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका छन् । निरन्तर बैठकमा अनुपस्थित भए पार्टी विधान अनुसार कारबाही गर्ने बताए । अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ओलीले उक्त चेतावनी दिएका हुन् । प्रचण्डसँग मिलेर आफूलाई बहुमतको आधारमा पार्टीको साधारण सदस्यबाट हटाएकाहरु विरुद्ध बदला लिने संकेत दिँदै चेतावनी दिएका छन् ।

पेरिसडाँडाबाट रुवाबासी गरेर माधव–झलनाथहरु हिँडेको सुन्नमा आएको भन्दै ब्यङ्गै गरे । केही दिन अर्याल होटेलमा बास बसेको भन्ने सुनेको छु भन्दै उनीहरुविरुद्ध ओलीले कटाक्ष गरे । बैठकमा आइपुग्न पर्याप्त समय पुगोस भनेर उनले चैत्र ७ गते बैठक बोलाएको बताए । चैत्र ७ गते बालुवाटरमा केन्द्रीय कमिटीको बैठक बोलाएको छु आउनुहोला समेत भने । बाटो बिराएकाहरु सच्चिएर मात्र पार्टीमा आउनुहोला भन्दै अर्को चेतावनी दिए । उनले ओलीलाई ठेगान लगाउँछु भन्नेहरु आफैँ ठेगान लाग्दै गएको समेत बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *