शरीरमा पानी सिञ्चित हुँदा बल, आयु, आरोग्य र पोष्टिकता प्राप्त हुन्छ ।

 


काठमाडौं, माघ २१ गते ।
अथर्व वेदमा उल्लेख भए अनुसार पानी परम औषधी हो । त्यसैगरी रोगहरुको शत्रु हो । यसले सम्पूर्ण रोगहरुको नाश गर्दछ । उक्त वेदमा उल्लेख भए अनुसार पानी जीवन हो । जसरी माटोमा पानी अवशोषित भएर भूमिलाई उर्बर बनाउँछ त्यसैगरी शरीरलाई पनि उर्बर बनाउँछ । शरीरमा पानी सिञ्चित हुँदा बल, आयु, आरोग्य र पोष्टिकता प्राप्त हुन्छ । पानी केवल तिर्खा मेटाउने तरल पदार्थ मात्र होइन । यो त अमृततुल्य जीवन तत्व हो । आयुर्वेदमा यसलाई प्राण, आयुप्रदाता, रसायन र औषधी मानिएको छ । आयुर्वेदका अनुसार मनुष्य शरीरले ३ दिनमात्रै पानी पाएन भने उसको जीवन नै समाप्त हुन सक्छ ।

मानव शरीरमा ७० प्रतिशत पानी हुन्छ । शरीरका लागि पानी अमृत तत्व बराबर हुन्छ । विज्ञहरुका अनुसार पानीमा तरलता, शीतलता, स्वच्छता र हलुकापन जस्ता नैसर्गिक गुणहरु हुन्छन् । यसले निद्रा, अल्छी र मुर्छालाई हटाउँछ ।त्यसैगरी हृदय प्रफुल्लता, दोष निष्कासन, तृप्ति र बल प्रदान गर्दछ । मुखद्वारा ग्रहण गरिएको खानको रस तत्वलाई शरीरमा अवशोषित गर्छ । शरीरको मल विकारलाई निष्कासित गर्छ । रोग विकारबाट छुटकारा पाउन यसको अद्धितीय भूमिका हुन्छ । शरीरमा पानीको आवश्यक मात्राको उपस्थितिले अक्सिजनको खपत गर्न मद्दत गर्छ । त्यसैगरी हाइड्रोजनको मात्रालाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । त्यसैले पानीलाई निर्विकल्प जीवन तत्व पनि भन्ने गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *