गोकर्णेश्वर नगर अस्पतालमा अत्याधुनिक टिबी परीक्षण मेसिन जडान

 

रमेश खड्का

काठमाडौं, गोकर्णेश्वर नगर अस्पतालमा अत्याधुनिक टिबी परीक्षण मेसिन जडान गरिएकोछ । अब नयाँ मेसिन जडानसङ्गै एक पटकमा १६ जनाको खकार परीक्षण गर्न सकिने भएकोछ । जसले क्षयरोग परीक्षण सेवालाई थप छिटो, प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएकोछ । यसअघि माईक्रोस्कोप मार्फत् एकपटकमा एकजनाको मात्र खकार परीक्षण गर्नसक्ने व्यवस्था थियो ।

अब नयाँ प्रविधिबाट टिबीको समयमै पहिचान स्क्रिनिङ तथा उपचार प्रक्रियालाई थप प्रभावकारी वनाउन मद्वत पुग्नेछ । मेसिन संचालनको लागि जापानी प्राविधिक टोलीले अस्पतालका स्वास्थ्यकर्मीहरुलाई चारदिने विशेष तालिम समेत प्रदान गर्नेछ । तालिमपछि अस्पतालबाट नियमितरूपमा नयाँ प्रविधि मार्फत टिबी परिक्षण सेवा संचालन गरिनेछ ।

उक्त मेसिन नगर प्रमुख दिपक कुमार रिसालको विशेष पहलमा जापान सरकार, राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर, जिल्ला जन–स्वास्थ्य कार्यालय काठमाडौ र गोकर्णेश्वर नगरपालिकाको संयुुक्त समन्वयमा गोकर्णेश्वर नगर अस्पतालमा स्थापना गरिएकको हो । नयाँ मेसिन जडानबाट पालिका भित्रका सम्पूर्ण नागरिकहरुलाई टिबीरोग परीक्षणको लागि सहज हुनुको साथै पूर्ण लाभान्वित हुने कुरा पालिका मेयर दिपक कुमार रिसालले बताउनु भएकोछ ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *