नेपाली समाज सहिष्णु भएकाले हुनुपर्छ कि रगतमा व्यापार गर्ने अपहेलित र अपमानित हुन्छन् ।

 

काठमाडौं, कार्तिक २४ गते ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रले ‘रक्तदान जीवन दान’ भनेर ल्याएको नाराले नै स्पष्ट गर्छ कि मानव जातिको अस्तित्वको मुलभुत आधार रगत नै हो । प्रत्येक प्राणीको जीवन अस्तित्वको लागि रगत चाहिन्छ । सन्दर्भ चाहिँ मानव रगतको हो । मानव शरीरको उपचारकोa लागि रगतको आवश्यकता पर्ने भएकाले नेपालको ज्येष्ठ अस्पताल वीर अस्पतालको स्थापनासँगै रगत संकलन र व्यवस्थापनको काम नेपालमा प्रारम्भ भएको हो । अन्य देशहरुको पनि अवस्था यही नै हो । मानव शरीरभित्र निरन्तर प्रवाह भइरहने रातो रङको तरल पदार्थ नै रगत हो । विज्ञान र प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास भइसक्दा पनि रगत प्राप्तिको स्रोत स्वयंसेवी रक्तदाता नै भएका छन् । त्यसैले रगत प्रकृतिको अनुपम देन हो । चिकित्सा विज्ञानले अभूतपूर्व विकास गरिसक्दा पनि मेशिनबाट रगतको आपूर्ति हुन सकेको छैन । मानिसले खाएको ठोस वा तरल पदार्थलाई रगतमा परिणत गरेपछि मानव जीवनको अस्तित्व सम्भव भएको हो । बिरामीलाई आवश्यक पर्ने रगतको आपूर्ति ३ वटा स्रोतबाट हुने गरेको देखिन्छ । स्वयंसेवी, आफन्त र पेशेवर रक्तदाताबाट आपूर्ति हुन्छ । नेपालको सन्दर्भमा पेशेवर रक्तदाता खुलेआम रुपमा छैनन् । नेपाली समाज बढी नै सहिष्णु भएकाले हुनुपर्छ कि रगतमा व्यापार गर्ने अपहेलित हुन्छन् । जीवनसँग सम्बन्धित यो विषय सेवाभावले ओतप्रोत हुनुपर्छ भन्ने मान्यता नेपाली समाजले राख्छ । रगत शरीरबाट निकाल्नु हुँदैन र यसले शरीर कमजोर बनाउँछ भन्ने गलत सोच पनि समाजमा प्रवाहित भएकाले स्वयंसेवी रक्तदाताहरु उल्लेख्य मात्रामा बढ्न नसकेको हो ।

यसको वैकल्पिक माध्यम भनेको बिरामीको आफन्त हुन् । कतिपय देशमा चाहिँ रगतको खरिदबिक्री गरिन्छ । बजारमा पाइने व्यापारिक सामानको रुपमा खरिद–बिक्री हुन्छ । कतिपय रोग जन्मजात नै अर्काको रगतमा भर पर्नु पर्ने हुन्छ । ठूलो दुर्घटना हुँदा पनि अवस्था त्यही हो । मानव शरीरबाट एक प्रविधि प्रयोग गरी रगत निकालिन्छ । त्यसलाई प्रयोगशालामा परिक्षण गरी प्रयोग गर्न मिल्ने वा नमिल्ने गरी वर्गीकरण गरिन्छ । प्रयोग गर्न मिल्ने रगत प्रयोग नहुन्जेल भण्डारण गरिन्छ । रातो रगत त सबैले जान्ने कुरा भयो तर सेतो रगत भनेपछि कतिपयलाई आश्चर्य लाग्छ । शरीरबाट निकालेको रातो रगतको रातो कण विहिनता सेतो रगत हो । विश्वमा आजसम्म लगभग ४ सय समुहमा रगतको वर्गीकरण भइसकेको भनिन्छ । मुख्यतः रगतको वर्गीकरण नेगेटिभ र पोजिटिभ गरी दुई भागमा हुन्छ । पोजिटिभ अन्तर्गत ए, बी, एबी आदि र नेगेटिभ अन्तर्गत ए–, बी–, एबी– आदि पर्छन् । नेपालमा स्वयंसेवी रक्तदाताहरुको संगठन नै छ । उक्त संगठनले रक्तदान अभियानलाई सहयोग गरिरहेको छ । रगतलाई ३५ दिन भित्र प्रयोग गरी सक्नुपर्छ । क्रशम्याच परिक्षणपछि मात्र यसको शुद्धता नापिन्छ । कतिपय देशमा रक्तदान कार्यक्रमलाई व्यवस्थित गर्न सम्बन्धित देशको रेडक्रस सोसाइटी, सरकार र निजी क्षेत्रको संलग्नता देखिन्छ । नेपालमा रगतको अभाव हुने खबर बारम्बार सुनिन्छ । गाउँगाउँसम्म रक्तदानका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.