मान्छेले खाएको खानेकुरा स्वाभाविक प्रक्रियाद्वारा प्राकृतिक ढङ्गले निष्कासन नहुनुलाई कब्जियत भनिन्छ ।

 


काठमाडौं, जेष्ठ २९ गते ।

स्वास्थ्य विज्ञहरुका अनुसार मान्छेले खाएको खानेकुरा स्वाभाविक प्रक्रियाद्वारा प्राकृतिक ढङ्गले निष्कासन नहुनुलाई कब्जियत भनिन्छ । नेपाली समाजमा कब्जियतका बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन् । यो रोग लाग्ने बित्तिकै मान्छे सिकिस्त हुने र अस्पताल लगिहाल्नु नपर्ने भएकाले यसको उपचार समयमै गरेको पाइँदैन । कतिपयले त कब्जियतको पनि उपचार गर्नुपर्छ र ! भन्ने समेत गरेको पाइन्छ । स्वाभाविक अर्थात् प्राकृतिक हिसाबले हेर्दा प्रत्येक दिन दिशा सहज तरिकाले हुनुपर्छ । दिशा गर्दा बल प्रयोग गर्नुपर्ने र लामो समय लाग्ने बित्तिकै थाहा पाए हुन्छ कि कब्जियतको लक्षण ।

कब्जियत दुई प्रकारले हुन्छ । एउटा कारण भनेको रोग हो भने दोस्रो कारण अप्राकृतिक जीवनशैली हो । पाचन प्रणालीलाई असर गर्ने रोग लागेमा कब्जियत हुन्छ । आन्द्राको घाउ, मधुमेह, पार्किन्सन, थाइराइडिज्म, प्यारालाइसिस र ट्युमरका कारणले कब्जियत हुन्छ । उपर्युक्त रोगहरुले मानिसको पाचन प्रणालीलाई कुनै न कुनै रुपमा असर पार्ने भएकाले कब्जियत हुने गर्छ । अप्राकृतिक जीवनशैलीले पनि कब्जियत गराउँछ । सन्तुलित भोजन नहुनु, शरीरलाई आवश्यक पर्ने व्यायाम नगर्नु, विश्राम नलिनु, सकारात्मक विचार नलिनु र भावनात्मक रुपमा असन्तुलित भइरहनुलाई अप्राकृतिक जीवनशैली भनिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *