किंवदन्तीको भरमा मात्र कलिपुरुषको मुर्ति भन्नु उचित नहुने तर्क पनि गरिएको छ ।

 


काठमाडौं, फागुन १३ गते ।
शैवमार्ग अनुसार नै विरुपाक्षका कलात्मक प्रस्तर मूर्ति निर्माण गरेर पशुपतिनाथको मन्दिर निकट आर्यघाटको पश्चिम तटमा स्थापित गरिनु पनि विशेषता नै हो । विरुपाक्ष भन्नाले शिव नै प्रतीत हुन्छ । सो मूर्ति नेपालको सम्भवतः सबैभन्दा पौराणिक मानिएको पाइन्छ । तर हिजोआज सो मूर्तिलाई कलि पनि भन्ने गरेको सुनिन्छ । सोको प्रमाण भने अद्यापि पाइएको छैन । यदि त्यो मूर्ति कलिपुरुषकै भएमा त्यस्तो पवित्रतम् स्थलमा राखिने थिएन । यसर्थ, केवल किंवदन्तीको भरमा मात्र कलिपुरुषको मुर्ति भन्नु उचित होला र ?

लिच्छविकालीन राजा नरेन्द्रदेवका राज्यकालमा शिवजीका दोस्रा अवतार अलक्ष्यस्वरुप अयोनिशंकर त्रिनेत्री गुरु शिवगोरक्षनाथ (गोरखनाथ) काठमाडौं उपत्यकामा पाल्नुहुँदा यहाँका बासिन्दाहरुले घोर अनादर गरेकाले माथि उल्लेखित श्लेषमान्तक वनमा गएर नागहरुका आसन तुल्याई विराजमान भई समाधिमग्न हुँदा यस उपत्यकामा वर्षौं वर्षा (वृष्टि) भएन र हाहाकार हुन गयो । तब, राजाले शैव र बौद्ध दुवै मार्गका ज्ञाता बन्धुदत्त बौद्धाचार्यका परामर्श र सहयोगले आसाम (भारत) राज्यको कामरुपकामाक्षा स्थानमा रहेका गोरखनाथका गुरु मायास्वरुप करुणामय मत्स्येन्द्रनाथलाई तान्त्रिक विधिपूर्वक ल्याउँदा उनका आदरार्थ गोरखनाथले आफ्नो समाधि तोडेर उठ्नुभयो र नागहरु स्वतन्त्र भए । तब उपत्यकामा वृष्टिहरु हुन थाल्यो । तत्पश्चात् लिच्छवि राजा नरेन्द्रदेवले सोही स्थानमा गोरक्षपीठ स्थापना गर्नुभएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published.