‘जीवन र जगत्को यात्रा … !’ भनेको ज्ञान र विज्ञानका विविध आयामहरुको अध्ययन गर्ने एक वौद्धिक कार्यक्रम हो ।

 


काठमाडौं, फागुन १४ गते ।

‘जीवन र जगत्को यात्रा … !’ भनेको ज्ञान र विज्ञानका विविध आयामहरुको अध्ययन गर्ने एक वौद्धिक कार्यक्रम हो । अर्को शब्दमा भन्नुपर्दा यो जीवन र जगत तर्फको दार्शनिक यात्रा हो । जीवन र जगत्को साक्षात्कार गर्ने कार्यक्रम हो । विश्व आज २१औँ शताब्दीमा पुगेको छ । आजको दिनसम्म ज्ञान र विज्ञानको क्षेत्रमा अभूतपूर्व विकास भएका छन् । प्रकृतिभित्रका थुप्रै रहस्यहरु सतहमा आएका छन् । आकाशबाट पृथ्वीमा पानी झर्नुलाई कुनैबेला इन्द्र देवताको करामत भनिन्थ्यो । आज त्यो झुट सावित भइसकेको छ । आकाशबाट पृथ्वीमा पानी झर्ने यथार्थ पहिचान भएको छ । सूर्यले पूर्वबाट पश्चिमतर्फ पृथ्वीलाई परिक्रमा गरेको भन्ने कुरा झुट सावित भएको छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने यथार्थ पहिचान भइसकेको छ । यी कुराहरु त केही दृष्टान्तहरुमात्र हुन् । आज विज्ञानले थुप्रै यथार्थको पहिचान गरिसकेको छ । गर्ने क्रम निरन्तर जारी छ । हामी भने पुरातन मूल्य र मान्यताको जंजीरमा फसिरहेका छौँ । अन्धविश्वासका अनगिन्ती साङ्लोहरुले बाँधिएका छौँ । दुनियाँ धेरै खुलिसकेको छ । हामी भने अँध्यारोमा बाँचीरहेका छौँ ।

त्यसैले ‘जीवन र जगत्को यात्रा … !’ भनेको ज्ञान र विज्ञानसँगै दौडिने कार्यक्रम हो । निष्कर्षमा भन्दा आज भई बाँच्ने अठोट हो । यो कार्यक्रम साप्ताहिक रुपमा संचालन हुन्छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका श्रेष्ठतम् विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिन्छ । काठमाडौँको अनामनगरमा यस कार्यक्रमको लागि स्थायी हलको व्यवस्था गरिएको छ । प्रत्येक हप्ताको शुक्रबार दिनको ४ बजे यो कार्यक्रम संचालन गरिने तात्कालिक योजना रहेको छ । यो सःशुल्क कार्यक्रम हो । यसको लागि सामान्य अफिसियल प्रक्रिया पूरा गर्नुपर्छ । जीवन र जगत्का यावत् विषयहरुलाई समेटिन्छ । इतिहास, भूगोल, दर्शन, अन्तरिक्ष, मनोविज्ञान, मस्तिष्क विज्ञान, कानुन, युद्धशास्त्र, धर्मशास्त्र, अन्तर्राष्ट्रिय संगठन, अर्थशास्त्र, समाज विज्ञान, मौसम विज्ञान, आर्ट अफ लिभिङ, कुटनीति, व्यवस्थापन लगायतका अनेक तर अत्यन्तै महत्वपूर्ण विषयहरुमा विज्ञहरुबाट क्रमिक रुपमा प्रशिक्षण प्रदान गरिन्छ । यो कार्यक्रम गैरराजनीतिक हुन्छ । राजनीतिका विविध आयामको बारेमा अध्ययन हुन्छ तर राजनीति भने हुँदैन । यो नितान्त वौद्धिक कार्यक्रम हो । विभिन्न राजनीतिक विचार भएका सबैलाई स्वीकार्य कार्यक्रम हुन्छ । जीवनको मूल्य निर्माण गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो । दुनियाँलाई उदत्त भई हेर्ने अभियान हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *