मकवानपुरमा ३१ हजारभन्दा बढी मत बदर, निर्वाचन कार्यालय भन्छ- आश्चर्यजनक

 

काठमाडौं, १२ मंसिर

मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कूल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता शिक्षा अभावका कारण यस्तो भएका कारण देशका अन्य स्थानमा समेत ठूलो संख्यामा मत पत्र बदर भएका पाइएको हो ।मकवानपुरमा यस पटकको तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदाता सहभागी भएका थिए ।

मतदाता शिक्षा सञ्चालन भए पनि ठूलो संख्यामा मत बदर हुनु आश्चर्यजनक भएको निर्वाचन कार्यालयले उल्लेख गरेको छ । कार्यालयका अनुसार मकवानपुरका १० वटा स्थानीय तहका एक सय २२ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।  यहाँ दुई निर्वाचन क्षेत्र छन् । जसमध्ये मकवानपुर-१ राप्रपाका दीपक सिंह र मकवनापुर-२ एमालेका महेस गर्ताैला विजयी भएका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *