बाल्यकालदेखिको प्रेम जेनी २१ वर्षको र माक्र्स २७ वर्षको हुँदा परिपक्व प्रेममा परिणत भयो ।

 


काठमाडौँ, फागुन ६ गते ।

साम्यवादका प्रवर्तक तथा महान् दार्शनिक कार्ल माक्र्सकी जीवनसंगिनी जेनी वेस्टफालेनको जन्म जर्मनीको राइन प्रान्तमा एक सम्भ्रान्त परिवारमा १२ फेब्रअरी १८१४ मा भएको थियो । उनको पिताको नाम वारेन लुडविग वोन वेस्टफालेन थियो । उनी प्रान्तीय सल्लाहकार थिए । उदार विचारधारा भएका मानिस थिए । उनमा सामाजिक समस्याहरू प्रति विशेष अभिरुचि थियो । जेनीको जन्मपछि उनको ट्रिरमा सरुवा भयो । त्यहाँ उनको माक्र्स परिवारसँग परिचय भयो । बालिका जेनी वेस्टफालेन आफ्ना स्कुले साथीहरुसँगै कार्ल माक्र्ससँग खेल्ने गर्थिन् । त्यो बाल्यकालको मित्रता युवावस्थामा पाइला टेकेपछि एक–अर्काप्रतिको प्रगाढ प्रेममा परिणत भयो । बाल्यकालदेखिको प्रेम जेनी २१ वर्षको र माक्र्स २७ वर्षको हुँदा परिपक्व प्रेममा परिणत भयो । अन्ततः उनीहरूले सन् १८३५ को गर्मीयाममा विवाह गरे । तर उक्त सम्बन्ध अभिजात वर्गका जेनीका मातापिताका लागि अस्वीकार्य हुने सम्भावना थियो । त्यसैले उनीहरूले यस विवाहलाई तत्कालै सार्वजनिक गरेनन् । राम्रो आचरण र तीक्ष्ण बुद्धि भएकी जेनी रूप र सौन्दर्यमा पनि अनुपम थिइन् । कार्ल र जेनीले एक–अर्काको विद्वता, सुन्दरता र राम्रो आचरणको कारण नै एक–अर्कालाई मन पराएका थिए ।

माक्र्सले उनकी प्यारी जीवनसंगिनी जेनीसँग छुट्टिएर बर्लिनमा बस्नुपरेपछि बिछोडको असहनीय वेदनाको कारणले केही भावपूर्ण साहित्यिक कृतिहरूको रचना समेत गरेका थिए । उनीहरू पेरिस पुगेपछि माक्र्सले पत्रिका निकाल्न सुरु गरे । १ मे १८४४ मा जेनीले जेठी छोरीलाई जन्म दिइन् । त्यस बेला पत्रिकाको अवस्था पनि राम्रो थिएन । त्यसैले उनीहरूको आर्थिक स्थिति ज्यादै कमजोर थियो । यसैबीच १८४५ को शुरुमा उनीहरू बसेको घरमा अचानक प्रहरी आएर माक्र्सलाई ‘२४ घण्टाभित्र पेरिस छोड्नु’ भन्ने प्रशियाली सरकारको आदेश सुनाएर गयो । तर जेनीले पेरिस छोड्नुपर्ने कुरा त्यहाँ उल्लेख थिएन । जेनीले त्यो कठिन पलमा आफ्ना घरायसी सामानहरू बेचेर केही पैसा जम्मा गरिन् । त्यो पैसाले त्यहाँबाट उनीहरू ब्रसेल्स गए । ब्रसेल्सको बसाइमा एकरात २ जना मानिसहरू उनीहरू बसेको घरभित्र पसेर कार्ल माक्र्सलाई सोधपुछका लागि भनी प्रहरी कार्यालयमा लगे । त्यहीरात माक्र्सलाई छुटाउन प्रयासरत रहँदा जेनीलाई पनि प्रहरीले गिरफ्तार ग¥यो र यौन व्यवसायी र पकेटमार आइमाईहरू राखिएको हिरासतमा उनीहरूसँगै राख्यो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *