बेलुका रोटी, हरियो सागसब्जी, प्याज, पुदीना, हरियो धनियाको अचार र सलाद खाँदा उपयुक्त हुन्छ ।

 


काठमाडौं, फागनु ४ गते ।

पोषणविद्हरुका अनुसार सदाबहार र मौसमी खानेकुरामा ख्याल गर्नुपर्छ । नेपालमा चैत बैशाख देखि साउन भदौ सम्मको समय अत्याधिक गर्मी हुने समय हो । यस समयमा खान हुने र नहुने खानेकुराको ख्याल गर्नुपर्छ । गर्मी मौसममा बिहान दूध, लस्सी, मोही, चन्दनको सर्बत खानुपर्छ । त्यस्तैगरी जौ र चनाको सातु पानीमा घोलेर खाँदा राम्रो हुन्छ । बेलुका रोटी, हरियो सागसब्जी, प्याज, पुदीना, हरियो धनियाको अचार र सलाद खाँदा उपयुक्त हुन्छ । चर्को घाम र बढ्दो तापमानले शरीरको शक्ति र पानीलाई सोस्छ ।

त्यसलाई आपूर्ति गर्न माटोको भाडामा राखिएको पानी पिउने, पुदिना, अनार, सुप, जिराको सर्बत पिउने । मौसमी तथा ताजा फलको जुस, नरिवल पानी, कागती पानी, लस्सी र दहीको सेवन गर्नुपर्छ । मौसमी फल जस्तै खरबुजा, काँक्रा, तरबुजा, मेवा, अमला र भुइँकटहर खाने । मसलादार र तेल भएको खानेकुरा नखाने । मासु सकेसम्म नखाएको राम्रो । मद्यपान र धुम्रपान गर्नु हुँदैन । चिया र कफी कम पिउनुपर्छ । नुनिला खानेकुराहरु कम खानु पर्छ । बासी र चिसो खानाबाट जोगिनु पर्छ । धेरै चिसो पानी, कोल्ड ड्रिंक्स, बरफ र आइसक्रिमबाट बच्नु पर्छ । हाई क्यालोरी डाइट र स्ट्रिट फुड खानु हुँदैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *