खानालाई शरीरले पचाउन सकेन भने पोषणयुक्त खानेकुरा खानुको कुनै अर्थ हुँदैन ।

 

काठमाडौं, असार १८ गते ।

समय, परिमाण र परिकारलाई ख्याल नगरी खानेकुरा खाँदा शरीरलाई बेफाइदा हुन्छ । अति भोजन र न्यून भोजनले शरीरको कार्यक्षमतामा नकारात्मक प्रभाव पार्छ । त्यसैगरी विभिन्न प्रकारका अप्राकृतिक खानेकुरा खाँदा शरीरलाई फाइदाको सट्टा बेफाइदा गर्छ । के खाने, कुन बेला खाने भन्ने कुराको न्यूनतम जानकारी नहुँदा मान्छेले शारीरिक र मानसिक समस्या झेल्नु पर्छ । कस्तो खानेकुरा खाने भन्ने एउटा सवाल हो भने त्यसलाई कसरी पचाउने भन्ने कुरा अर्को सवाल हो । खानालाई शरीरले पचाउन सकेन भने पोषणयुक्त खानेकुरा खानुको कुनै अर्थ हुँदैन । शरीरले खानेकुरा पचाउन सकेन भने पोषण र तागतको सट्टा रोग, दुःख र शोकको कारण बन्न पुग्छ । त्यसबाट बच्न शारीरिक श्रम गर्नु अनिवार्य हुन्छ ।

मान्छेको शरीर क्रियाशील हुन जरुरी छ भने विश्राम पनि त्यत्तिकै आवश्यक छ । हतार छ भन्दैमा खाने बित्तिकै हिँड्ने वा काममा लागिहाल्ने गर्नु हुँदैन । खाना खाएपछि केही समय बज्रासनमा बस्नुपर्छ । पाचनक्रियालाई सहज बनाउन योगव्यायाम गर्नुपर्छ । एक दिनमा आधादेखि एक घण्टाको समय योग व्यायामलाई छुट्याउनु पर्छ । पेटमा हुने पाचन, अवशोषण र निष्कासनको प्रक्रियालाई नियमित बनाउनु पर्छ । त्यसका लागि अप्राकृतिक आहार बिहारबाट टाढा रहनु पर्छ । प्राणायम, उपवास, संयम, आराम र सत्सङ गर्नुपर्छ । पाचन प्रणालीलाई सहज बनाउन आत्मचिन्तन, ध्यान, परोपकार, प्राकृतिक अनुशासन जस्ता कार्यहरु गर्नुपर्छ । त्यसैगरी मौसम र शरीरको प्रकृति अनुसार खानेकुरा खानुपर्छ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *