शिक्षालाई जीवनोपयोगी बनाउन सक्नेले मात्रै सभ्य समाज निर्माण गर्न सक्छ ।

 

काठमाडौं, जेठ १४ गते ।

आजको पुस्ताले पुस्तक, कलम र कापीबाट भन्दा पनि कम्प्युटर, मोबाइल र टेलिभिजनबाट सिक्न खोजिरहेका हुन्छन् । शैक्षिक संस्थाहरु भने परम्परागत शिक्षा प्रणाली अवलम्बनमै सिमित भएपछि त्यसले सही ज्ञान प्राप्त जनशक्ति जन्माउँदैन । युरोप र अमेरिकालाई छोडेर एशियाली मुलुकहरु जापान, चीन, कोरिया, ताइवान, भियतनाम आदि मुलुकहरुले पनि सिकाई प्रणालीलाई पर्याप्त मात्रामा आधुनिकीकरण गरिसकेका छन् । अबको शिक्षा औपचारिक र अनौपचारिक दुवै हिसाबले ग्रहण गर्न दिने औद्योगिक मुलुकहरुमा त डिजाइन अर्थात् कला सहित शिक्षण प्रणालीको विकास भएका छन् ।

आफूले उत्पादन गरेको नयाँ मोडेलको वस्तु चाँडै नै पुरानो मोडेलमा परिणत हुने भएकाले प्रत्येक व्यक्ति कलायुक्त बनाउने शिक्षण प्रणाली अपनाइन्छ । व्यवहारिक शिक्षा गुरुको लेक्चर र पुस्तकबाट भन्दा अभ्यास र क्रियाकलापबाट प्रभावकारी ढङ्गले सिकिन्छ । कतिपय विषय अनौपचारिक देखिने तर वास्तविक धरातलमा झनै काम लाग्ने हुन्छन् । शिक्षालाई जसले सार्थक र जीवनोपयोगी बनाउन सक्छ ऊ नै सभ्य समाज निर्माणको नेतृत्वकर्ता हुन सक्छ । यस मामलामा निजी र सार्वजनिक दुवै विद्यालयहरु बढी संवेदनशील हुन सक्नुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *