मानव शरीरलाई उमेर अनुसार आवश्यक पर्ने पौष्टिक तत्व कमी हुनु कुपोषण हो ।

 

काठमाडौं, माघ १५ गते ।
मानव शरीरलाई aउमेर अनुसार आवश्यक पर्ने पौष्टिक तत्व कमी हुनु कुपोषण हो । पोषणयुक्त खानाको अभावमा मानिसको शारीरिक र मानसिक विकास हुन सक्दैन । उमेर अनुसार मानिसको क्षमताको विकास हुन सक्नुपर्छ । नेपाल शिक्षा, स्वास्थ्य, रोजगारी आदि लगायतका क्षेत्रमा पछाडि परेका कारण सबै नागरिकको पौष्टिक आहारामा पहुँच हुन सकेको छैन । जैविक विविधतायुक्त नेपालमा अनेक किसिमका खानेकुरा उत्पादन गर्न सकिन्छ । खाद्यान्न, फलफूल, तरकारी आदि प्रशस्तै उपलब्ध हुन सक्छन् । यातायातमा सबैको पहुँच नपुग्नुको कारण हिमाली क्षेत्रका जडिबुटी र फलफूल कुहिएर गइरहेका छन् । पहाडी भूभागको अवस्था पनि कमजोर नै छ । तराई क्षेत्र सुगम भएता पनि कुपोषणको मात्रा बढी नै छ । नेपाल कृषिप्रधान देश भएकाले प्र्राकृतिक खाद्यान्नको पहुँच भई स्वस्थकर खानेकुराको उपलब्धता हुनुपर्नेमा त्यस्तो हुन नसकेकाले कुपोषणको मात्रामा कमी आउन सकेको छैन ।

नेपालमा लगभग ७० प्रतिशत बालबालिका विभिन्न प्रकारका कुपोषणबाट ग्रस्त छन् । कुपोषण स–साना बालबालिकालाई मात्र नभई गर्भवती महिला तथा प्रौढहरुलाई पनि हुन्छ । भू–बनोट, गरिबी, अज्ञानता, सामाजिक परम्परा, स्वास्थ्य सेवाको अपर्याप्तता, सरुवा रोगको सङ्क्रमण आदिका कारणले नेपालमा कुपोषण भएको पाइन्छ । विभिन्न सांस्कृतिक परम्परागत धारणाको कारण तराई क्षेत्रमा कुपोषणको समस्या छ । शरीर कुपोषित भएमा विभिन्न रोगहरुले सजिलै आक्रमण गर्न सक्छन् । फलस्वरुप त्यसको प्रभाव शारीरिक र मानसिक विकासमा पर्छ । हुर्कने उमेरका बालबालिकालाई कुपोषणले प्रभावित गर्ने हुँदा बाल मृत्युदर उच्च छ । नेपाल सरकारले कुपोषण मुक्त समाज बनाउन अभियान नै चलाउनु पर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *