मानिसको शारीरिक र मानसिक विकास उसको खानेकुराको सन्तुलनमा भर पर्छ ।

 

काठमाडौं, जेठ १४ गते ।

मानिसको शारीरिक र मानसिक विकास उसले खाने खानेकुराको सन्तुलनमा भर पर्छ । खानेकुराको सन्तुलन मौसम अनुसार फरक हुनुपर्छ । जाडो मौसममा खाने खानेकुरा गर्मी मौसममा उपयुक्त नहुन सक्छ । वातावरणीय तापक्रमले मानिसको शरीरमा पारेको असरलाई ख्याल गर्दै खानेकुरा खानुपर्छ । नेपाली समाजमा खाना खानु भनेको भोक मेटाउनलाई हो भने गलत सोँच छ । खाना खानु भनेको मानिसको शारीरिक र मानसिक विकास गर्न चाहिने आवश्यक पौष्टिक तत्वको आपूर्ति हो । त्यसमा भोक मेटाउने कुरा स्वतः पर्दछ ।

मौसम, उमेर, समूह, शारीरिक अवस्था आदिको आधारमा पौष्टिक तत्वको आपूर्ति फरक फरक हुनुपर्छ । शारीरिक र मानसिक क्षमताको विकासका लागि जुन बेला जे खानु आवश्यक हुन्छ त्यसबेला त्यही खानु नै ब्यालेन्स डाइट हो । प्राकृतिक वातावरण अनुसार मानिसको शरीरमा वातावरणीय प्रभाव परिरहेको हुनाले मौसमी खानेकुरा खाँदा बढी फाइदा हुन्छ । बेमौसमी खानेकुराले शरीरलाई जति पौष्टिक तत्व दिनुपर्ने हो त्यो दिन सक्दैन । पुस माघमा पाइने सागसब्जी र फलफूलहरु असार साउनमा खाँदा मानिसको शरीरलाई जति फाइदा गर्नुपर्ने हो त्यो गर्न सक्दैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *