पुरोहितवाद सामाजिक क्षेत्रमा धार्मिक अधिपत्य हुनुपर्ने दृष्टिकोण हो ।

 

काठमाडौं, वैशाख २५ गते ।

पुरोहितवाद भनेको पुरोहित मान्यताको वा ग्राह्यताको प्रधानता भएको दृष्टिकोण हो । अर्थात् यो धार्मिक वा अध्यात्मवादी अवधारणा हो । यसले कर्मकाण्डीय पद्धतिलाई विशेष महत्व दिन्छ । सामाजिक जीवनको हरेक क्षेत्रमा धार्मिक अधिपत्य हुनुपर्ने दृष्टिकोण हो । धार्मिक मूल्यमान्यतालाई केन्द्रीय भागमा राखेर समाजलाई निर्देशित गरी सञ्चालन गर्ने दृष्टिकोण नै पुरोहितवाद हो । समाजका हरेक क्षेत्रलाई धर्मको नियन्त्रणमा राख्न खोज्नु पुरोहितवाद हो । यसको वर्गीय दृष्टिकोण पुँजीवाद हुन्छ । चेतनागत रुपमा धर्म शासित हुन्छ । कर्मकाण्डीय जीवन प्रणाली हुन्छ । यसले सामाजिक जीवनका शाश्वत् मूल्य प्रणालीलाई स्वीकार गर्दैन । समाजको सर्वहारावर्ग, श्रमजीवि वर्ग, स्वशासित र उत्पीडित वर्गको कल्याण विपरीत दृष्टिकोण राख्दछ ।

यूरोपको सन्दर्भमा जर्मनी, इटाली, स्पेन, लगायतका देशहरुमा पुरोहितवादी दृष्टिकोण अझै कायम छ । भारत, नेपालमा समाज सुधारका लागि पुरोहितवादले अवरोध खडा गरेको छ । यसले मान्छेलाई कर्मकाण्डीय बनाउँछ । उचनीच गरेर समाजमा विभेद पैदा गर्दछ । मान्छे मान्छेबीचमा समदूरी र समभावको विकास हुन दिँदैन । ठूलो सानो उचनीच गराउँछ । वर्णाश्रम व्यवस्था पुरोहितवादको एक नमुना हो । यसले आफ्नो पकड बढाउन र विस्तार गर्न धार्मिक संघसस्थामार्फत् गतिविधि गर्दछ । धर्मको प्रचार गर्दछ । मान्छेलाई कर्मकाण्ड गर्न प्ररित गर्दछ । पुर्वजन्म र पुनजनर््मको जालमा फसाउँछ । नेपालमा पुरोहितवाद समाजका हरेक क्षेत्रमा कायम छ । यो नेपाली समाजको रुपान्तरणको लागि बाधक बनेको छ ।

पुरोहितवाद प्रवृत्ति हो । यो कुनै जाति विशेष र पेशा विशेषको कुरा होइन । यो प्रवृत्ति विशेष र संस्कार विशेष कुरा हो । यो कुनै धर्म, सम्प्रदाय र वर्ग विशेषमा बाँधिएको हुँदैन् । यो त चिन्तन प्रणालीको कुरा हो । यसको सन्दर्भमा यो जाति वा त्यो जाति, यो समूदाय वा त्यो समुदाय, यो धर्म वा त्यो धर्म भन्ने कुरा होइन् । पुरोहितवादमा जसले विश्वास गर्छ र जसले अभ्यासमा ल्याउँछ, यसको सीमा त्यसैले निर्धारण गर्छ । यो प्रवृत्ति कुनैपनि व्यक्ति, परिवार, समाज र समुदायमा हुन सक्छ । यो दृष्टिकोण सामाजिक रुपान्तरणको विरुद्धमा छ । यसलाई हटाउन वा नियन्त्रण गर्नु सबैको दायित्व र जिम्मेवारी हो । यसको अन्त्यका लागि व्यक्ति, परिवार, समाज र राज्यको साझेदारी हुन जरुरी हुन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *