बेलायती जनताले सन् १९४५ को निर्वाचनमा विन्सटन चर्चिललाई हराइदिए ।

 

काठमाडौं, वैशाख २५ गते ।

विश्वयुद्धको क्रममा नीतिगत कुरा तथा सम्मेलनमा स्टालिनलाई एक्ल्याउने प्रयासमा चर्चिल लागिरहे । यस्तै व्यवहार च्याङ काइ सेक र दिगालसँग पनि गरे । पूर्वी युरोपेली राजनीतिक सन्दर्भमा एउटा पनि मौका नगुमाइकन साम्राज्यवादी एवम् कम्युनिस्ट विरोधी नीति अपनाउने प्रयास गरिरहे । संयुक्त राष्ट्रसङ्घको चार्टरमा प्रस्ताव गरिएको ‘सबै राष्ट्रको आत्मनिर्णयको अधिकार’को उनले धेरै विरोध गरे । बेलायती साम्राज्यको औपनिवेशिक स्वार्थ रक्षा गर्ने उनको प्रयासमा स्टालिन र रुजवेल्टको आपत्तिको कारण धक्का लाग्यो ।

उनको कतिपय सैन्य रणनीतिक निर्णय युद्धमा गलत ठहरिए भने कतिपय स्थानमा त बेलायती फौजले हार खानुप¥यो । त्यसका लागि उनको कडा आलोचना गरियो । बेलायती संसद्मा उनले दुई–दुईपटक अविश्वासको प्रस्तावको सामना गर्नुप¥यो । त्यसो भए पनि आफ्नो प्रभावशाली रेडियो भाषण र अन्य पत्रकार सम्मेलनजस्ता गतिविधि मार्फत् संसद् तथा जनतालाई विश्वासमा लिन सफल भए । जुलाई, १९४५ को निर्वाचनमा बेलायती जनताले चर्चिललाई हराइदिए । जसले गर्दा दोस्रो विश्वयुद्ध सकिनुभन्दा पहिले नै अमेरिकी राष्ट्रपतिको मृत्यु भएपछि बेलायती नायक पनि पर्दापछाडि पुगे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *