नेपाल टेलिकमले निर्वाचनको अवसरमा आफ्नो सेवामा निर्वाचन अफर उपलब्ध गराउने ।

 

काठमाडौं, वैशाख २५ गते ।

नेपाल टेलिकमले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको अवसरमा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आफ्ना सेवामा विभिन्न प्रकारका निर्वाचन अफरहरु घोषणा गरेको छ । जीएसएम प्रिपेड तथा पोष्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने छ । आवश्यकता अनुसार रु. ९८ मा जुनसुकै नेटवर्कमा समेत प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिनेछ ।

टेलिकमले उक्त अफर वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म उपलब्ध गराउनेछ । तीन दिनसम्म सबै प्रकारका नेटवर्कमा प्रयोग गर्न सकिने रु ९८ मा २०० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइनेछ । त्यसैगरी तीन दिनसम्म सबै प्रकारका नेटवर्कमा रु ९८ मा २०० वटा एसएमएस उपलब्ध गराउनेछ । तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु ९८ मा खरिद गर्न सकिनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *