नेपाल टेलिकमले महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

 

नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ । कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरुलाई अनुरोध समेत गरेको छ ।

यसका साथै कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरुको नाम नामेसी सहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले जानकारी दिएको छ । नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा उपयोग गरे वापत तिर्नुपर्ने महशुल नतिर्ने ग्राहकहरुलाई लक्षित गरी यस्तो छुट उपलब्ध गराइएको हो ।

यसबाट ग्राहकवर्ग समेत लाभान्वित हुने र कम्पनीको बक्यौता रकम समेत असुल उपर हुने विश्वास गरिएको छ । नेपाल टेलिकमले महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेकोले यसको वारेमा समाचार प्रकाशित गरिदिनु हुन अनुरोध छ । गोरखापत्रमा प्रकाशित सूचना समेत संलग्न गरिएको छ । यसलाई आफ्नै तरिकाले मिलाएर पनि सकारात्मक रुपमा प्रकाशन गर्न सकिने छ । सहयोगका लागि धन्यवाद ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *