एक सिङ्गे गैंडा प्रकृतिको अनेकौं सिजना मध्येको एक अनुपम सिर्जना हो ।

 


काठमाडौं, फागुन ६ गते ।

एक सिङ्गे गैंडा प्रकृतिको अनेकौं सिजना मध्येको एक अनुपम सिर्जना हो । यो जनावर दुर्लभ भएकाले संरक्षणको लागि सरकारले ध्यान दिनुपर्छ । यो गैंडा नेपालको तराई क्षेत्रमा पाइन्छ । चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र धापिलो घाँसे मैदानमा बढी पाइन्छ ।

हरियो घाँसपात र विभिन्न जातका वन्य फलफूल यसको खाना हो । यसले एक पटकमा एउटा बच्चा जन्माउँछ । यसको खाग, खुर र छाला बहुउपयोगी हुने भएकाले यस जनावरको चोरी शिकारी हुन्छ । चोरी शिकारीले यसको अस्तित्व सङ्कटमा छ । नेपाल सरकारले बेलैमा संरक्षणको पहल नगर्ने हो भने यो जनावर नेपालबाट लोप हुन सक्छ ।

जैविक विविधताको संरक्षण गर्ने जिम्मा मानव समुदायलाई नै छ । केही पैसा र क्षणिक लाभका लागि यस्तो महत्वपूर्ण वन्यजन्तुको विनास गर्नु हुँदैन् । सीमित संख्यामा रहेका एक सिङ्गे गैडालाई संरक्षण गर्नु राज्यको पहिलो जिम्मेवारी हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *