टाउकोको छालामा उत्पन्न हुने चायाले कपाललाई क्षति गर्ने हुँदा बेलैमा उपचार गर्नुपर्छ ।

 

काठमाडौं, वैशाख २० गते ।

चाया अर्थात ड्यान्ड्रफले धेरै मान्छेलाई सताएको हुन्छ । शुरुको चरणमा चायालाई मान्छेले खासै वास्ता गरेका हुँदैनन् । जब कपाल झर्न थाल्छ तब अतालिन्छन् । स्वास्थ्य विज्ञहरुका अनुसार टाउकोको सही हेरबिचार नगरेका कारण चाया पर्ने गर्छ । यसले सबैभन्दा बढी टाउकोको छालामा आक्रमण गर्छ । जसले कपाललाई क्षति गर्छ । जाडो याममा त झनै यसका लागि अनुकुल हुन्छ । जाडोमा नियमित नुहाउन कठिन हुन्छ । नियमित सरसफाई नहुँदा यसको विकासका लागि अवसर प्राप्त हुन्छ । टाउकोमा रहेका मृत कोशिकाहरु त्यहीँ थुप्रिँदा चाया पर्ने गर्छ । स्वास्थ्य विज्ञहरुका अनुसार पसिना उत्पन्न गर्ने ग्रन्थीहरु अधिक सक्रिय हुँदा पनि चाया बढी पर्छ । चाया पर्ने नियमित प्रक्रिया हो । त्यसलाई तुरुन्तै स्याम्पु प्रयोग गरेर हटाउनु पर्छ । सामान्य भन्दा बढी उत्पन्न भएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।

टाउकोका मांशपेशीहरुलाई उत्तेजित बनाई रक्त सञ्चारलाई सामान्य बनाउन चिकित्सकको सल्लाह अनुसार तेलको प्रयोग गरेर मालिस गर्नुपर्छ । सामान्यतः हप्तामा एक पटक यसो गर्नुपर्छ । कपालको जरामा फसेका मृत कोशिका र फोहोरमैलालाई हटाउन बाफ लिनु अर्को उत्तम उपाय रहेको चिकित्सकहरुले बताउँछन् । नुहाउनु अगाडि कागतीको रसले मालिस गर्दा पनि चायालाई नियन्त्रण गर्न सकिन्छ । त्यसैगरी दहीमा मरिचको चुर्ण मिसाएर बनाएको लेपले टाउको धुँदा पनि फाइदा गर्छ । तुलसी र अमलाको पाउडरको लेप लगाएर पनि चायालाई नियन्त्रण गर्न सकिने घरेलु उपाय हो । सोइजनको पातको रस लगाउँदा पनि फाइदा गर्छ । मेथीको चुर्णको लेप लगाएर आधा घण्टा टाउकोमा राखेर धुँदा पनि फाइदा गर्छ । चिकित्सकका अनुसार तिलको तेलले मालिस गर्दा पनि चाया हट्छ । टाउकोको छालामा उत्पन्न हुने चायाले कपाललाई क्षति गर्ने हुँदा बेलैमा उपचार गर्नुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *