स्वास्थ्य विज्ञहरुका अनुसार गहिरो निद्रा स्वस्थ्य शरीरको एक महत्वपूर्ण आधार हो ।

 

काठमाडौं, चैत्र १६ गते ।
स्वास्थ्य विज्ञहरुका अनुसार गहिरो निद्रा स्वस्थ्य शरीरको एक महत्वपूर्ण आधार हो । यो कुरा सामान्य जस्तो लागेपनि कार्यान्वयन गर्न भने त्यति सजिलो छैन । त्यसैले ‘अर्ली टु बेड एण्ड अर्ली टु राइज मेक्स अ म्यान हेल्दी, वेल्दी एण्ड नाइस’ भन्ने गरिन्छ । प्राकृतिक दृष्टिले हेर्दा दिन काम गर्नको लागि हो भने रात सुत्नको लागि हो । आर्युवेदका अनुसार रातको पहिलो प्रहर (१० बजे) देखि चौथो प्रहर (बिहान ४ बजे) सम्म गहिरो निद्रामा डुब्ने मान्छेको शरीर सन्तुलित हुन्छ । त्यस्तो व्यक्तिले मात्रै राम्ररी काम गर्न सक्छ । त्यसैले ‘दे क्यान डु मोस्ट हु स्लिप बेस्ट’ भन्ने गरिन्छ ।

निद्रालाई शारीरिक तथा मानसिक स्वास्थ्यको रिचार्ज गर्ने माध्यामको रुपमा पनि लिने गरिन्छ । निद्रा पूर्व शारीरिक र मानसिक रुपमा थकित व्यक्ति गहिरो निद्रापछि थकानमुक्त भएको हुन्छ । स्वास्थ विज्ञहरुका अनुसार गहिरो निद्रा प्राप्तिका लागि शारीरिक श्रम र व्यायाम अनिवार्य गर्नुपर्छ । यो नै सबैभन्दा प्राकृत र सही तरिका हो । त्यसका लागि अनुकुल नभएमा कुण्डलिनी, नादब्रह्म वा नटराज गर्नुपर्छ । त्यसैगरी स्वस्थ्य मानसिक श्रमपनि पर्याप्त मात्रामा गर्नुपर्छ । शारीरिक श्रम र योग–व्यायाम नगर्नेहरुले बेलुकी पसिना आउने गरी खेलकुदमा भाग लिनुपर्छ । बेलुकी सुत्नुभन्दा २ घण्टा पहिलेनै भोजन गर्नुपर्छ ।

गहिरो निद्राका लागि शयन कक्षको महत्वपूर्ण हात रहन्छ । बेडको संरचना र वातावरण गहिरो निद्रामैत्री हुनुपर्छ । सुत्ने बेलामा चिन्तामुक्त हुनुपर्छ । निद्रा नलागेमा योगासन गर्नुपर्छ । यति गर्दापनि निद्रा पर्दैन भने सुत्ने समयमा मनतातो एक गिलास दूध पिएर गरमपाद स्नान गर्नुपर्छ । आयुर्वेदका अनुसार निद्रा आकाश तत्व चिकित्सा अन्तर्गत पर्दछ । गहिरो निद्रामा धेरै कम स्वप्नहरु आउँछन् । गहिरो निद्राले शरीरलाई पुनः शक्ति र स्फूर्ति प्रदान गर्छ । निद्रामा हुने गहिरो श्वास–प्रश्वास क्रियाले शरीरभित्रको कार्बनिक मल र अनावश्यक गर्मी वा सर्दीलाई हटाउँछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *