दुग्ध पदार्थ, गेडागुडी, फलफूल, तरकारीसँग गहुँ, चामल, आलु, मकैको सन्तुलन मिल्नुपर्छ ।

 

काठमाडौं, चैत्र २ गते ।
पोषणविद्हरुका अनुसार केटाकेटीहरुले खाने चिजहरुमध्ये सर्वोत्तम उपयोगी खानेकुरा महत्वपूर्ण मानिन्छ । शरीरलाई जीवन शक्ति दिन सक्ने खालका भोजनादि गर्नाले बच्चाहरु राम्ररी बढ्न सक्दछन् । जन्मेको दुई महिनासम्म आमाको दूधमात्र खान दिनुपर्छ । बच्चा जन्मेको दुई महिनादेखि एक वर्षसम्म आमाको दूधको साथसाथै अरु पौष्टिक खानेकुराहरु खान दिनुपर्छ । अन्न, गेडागुडी मिसाएर पकाएको रस वा पातलो लिटो र तरकारी सागपात, फलफूलका रसहरु दिने गर्नाले पर्याप्त आवश्यक तत्वहरु प्राप्त गर्दछन् ।

यदि दूधको कमी भएमा सजिलो र नगरी नहुने स्याहार–सुसारमध्ये रस बनाएर खुवाउने पियाउने काम महत्वपूर्ण हो । एक वर्षको उमेरपछि शरीरवद्र्धक तथा शरीरलाई सुरक्षा गर्ने खानेकुराहरु प्रत्येक पटक खुवाउनु पर्छ । विशेषतः दूध, दुग्ध पदार्थ, गेडागुडी, बदाम, फलफूल, तरकारी आदि शक्ति दिने गहुँ, चामल, आलु, मकै आदि सन्तुलन मिलाएर खुवाउने गर्नुपर्छ । यस किसिमले पोषणयुक्त आहार नदिने हो भने कुपोषण हुन सक्छ । कुपोषणले विभिन्न रोगहरु ल्याउन सक्छन् ।

भोजन दिँदा बालबालिकाले पचाउन नसक्ने गरी दिनु हुँदैन । पाचनक्रियामा सँधै ध्यान पु¥याउनु पर्छ । एकैपटकमा धेरै किसिमका खानेकुरा मिसाएर खुवाउनु पनि हुँदैन । जस्तै मासु, अण्डा र दूध अथवा मासु, अण्डा र गेडागुडी एकैपटक खुवाउनाले पाचनको समस्या उत्पन्न गर्दछ । दूधसित पनि फलफुल लाभकारी हुन्छन् भने मासुसित पनि फलहरु नै लाभदायक हुन्छन् । अतः बालबालिकालाई खानेकुरा खुवाउँदा फलफूल र हरिया साग तरकारीहरुमा विशेष जोड दिनुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *