वैदिक कालमा छालाका रोगीहरुलाई तातो पानीको प्राकृतिक कुवामा नुहाउने गरिन्थ्यो ।

 

काठमाडौं, फागनु २७ गते ।
पानीको प्रयोग गरेर रोग निवारण गर्ने वा उपचार गर्ने पद्धतिलाई जल चिकित्सा भनिन्छ । प्रकृतिमा वायु अर्थात् हावापछि पानीको स्थान सबैभन्दा महत्वपूर्ण रहेको हुन्छ । पृथ्वीमा सम्पूर्ण भागको तीन चौथाई पानी रहेको छ । बाँकी एक चौथाई भाग जमीन रहेको छ । हाम्रो शारीरिक संरचनामा पनि शरीरको तौलको दुई तिहाई भाग पानी रहेको छ । बाँकी एक तिहाई भाग ठोस रहेको हुन्छ । दाँतलाई शरीरको सबैभन्दा ठोस पदार्थ भनिन्छ । तर दाँतमा पनि दश प्रतिशत पानीको अंश रहेको हुन्छ ।

शरीरका हाडहरुमा चौध प्रतिशत पानीको भाग रहेको हुन्छ । सोही कारण शरीरमा पानीको धेरै महत्व हुन्छ । पानीको मात्रा धेरै भएको शरीरको उपचार गर्न पानीकै प्रयोग गर्न सकिने स्वास्थ्य विज्ञहरुले बताउँछन् । प्राचीन कालको सिन्धु सभ्यताको स्नानगार र मुगल कालको हम्मामा पनि जल चिकित्साको प्रयोग गरिन्थ्यो । वैदिक कालदेखिनै आर्यहरुले पनि जल चिकित्साको प्रयोग गर्दै आएको इतिहासबाट थाहा हुन्छ । वैदिक कालमा छालाका रोगीहरुलाई तातो पानीको प्राकृतिक कुवामा नुहाउने गरिन्थ्यो ।

नुनिलो पानीको समुद्र र प्राकृतिक गन्धक पाइने झरनाहरुमा स्नान गराउने गरिन्थ्यो । उक्त कुरा धनवन्तरी कालका साहित्यहरुमा पाइन्छ । पानीमा घुलनशीलता अर्थात् तरलीकरण गर्ने क्षमता हुन्छ । त्यसैगरी शोधक अर्थात् पखाल्न सक्ने क्षमता हुन्छ । सबै किसिमका जलनलाई शान्त पार्ने क्षमता हुन्छ । त्यसैगरी शक्ति प्रदान गर्ने पनि क्षमता हुन्छ । यिनै गुणका कारण पानीलाई प्राचीन काल देखि नै औषधिको रुपमा प्रयोग गरिएको पाइन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *