कब्जियत हुँदा खाएको खाना विकारयुक्त भई आन्द्रामा रहँदा रोग लाग्छ ।

 

काठमाडौं, फागुन २२ गते ।
स्वास्थ्य विज्ञहरुका अनुसार कब्जियत हुँदा खाएको खाना विकारयुक्त भई लामो समयसम्म आन्द्रामा रहँदा रोगको कारण बन्छ । आन्द्रामै विषाक्त पदार्थ पैदा हुँदा रोग लाग्नु स्वाभाविक हो । विषाक्त पदार्थ रगतको माध्यमले शरीरका विभिन्न अंगमा पुगेर हानि पु¥याउँछन् । परिणामतः अंगहरु कमजोर भई कार्यदक्षतामा ह्रास आउँछ । कब्जियतकै कारण उच्च तथा निम्न रक्तचाप, अल्सर, आन्द्रामा क्यान्सर, एसिडिटी, एपेन्डिसाइटिस, चाया, पोतो, डन्डीफोर, ग्यास्ट्रिक, मोटोपन, मधुमेह आदि जस्ता रोगहरु लाग्छन् ।

अनिन्द्रा, उदासिनता, खिन्नता, चिन्ता आदि जस्ता मानसिक रोगले सताउँछ । प्राकृतिक जीवनशैली नै उपचारको उत्तम विधि हो । मौसम, सुन्तला, खरबुजा, आँप, मेवा, काँक्रो, नास्पाती आदि खानुपर्छ । माछा, अण्डा, पनिर, मासु, घ्यु, मख्खन, मैदा आदिबाट जोगिनुपर्छ । प्राणायामले कब्जियतलाई रोक्न मद्दत गर्छ ।

राती चाँडै सुत्ने, बिहान सबेरै उठ्ने, बिहान उठ्ने बित्तिकै एक लिटर जति मनतातो पानी पिउने, दैनिक आधा घण्टा व्यायाम गर्ने, भोजन निश्चित समयमा गर्ने, भोजन गरे लगतै नसुत्ने, कुबेला खाइनरहने, सागसब्जी बढी खाने, शौचालयमा बस्दा दिशा गर्ने काममा ध्यान केन्द्रित गर्ने आदि जस्ता विधि प्रयोग गरेमा कब्जियत नियन्त्रणमा आउँछ । कब्जियतलाई सामान्य ठानेमा त्यसले ठूलाठूला रोगको जन्म दिन सक्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *