अमेरिकी राष्ट्रपति रुजवेल्ट युरोपेली युद्धमा अमेरिकी भागिदारीको प्रश्नमा सचेत थिए ।

 

काठमाडौँ, फागनु २१ गते ।
पर्ल हार्बरमाथि जापानी आक्रमण हुनुभन्दा पहिलेसम्म राष्ट्रपति रुजवेल्ट मूलतः बिग्रेको अमेरिकी अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउन प्रयत्नशील थिए । आन्तरिक राजीतिक परिस्थितिमाथि पकड जमाउने कुरामा उनको ध्यान केन्द्रित थियो । रुजवेल्ट युरोपेली युद्धमा अमेरिकी भागिदारीको प्रश्नमा सचेत थिए । तर उनी कुनै पनि हालतमा बेलायत र उनका सहयोगीहरूले युद्ध जित्नुपर्छ भन्ने चाहन्थे । उनले त्यसका लागि ऋणको रूपमा युद्धजन्य हातहतियार र सरसामानहरू उपलब्ध गराए ।

जर्मन र त्यसका सहयोगीहरूविरुद्ध उनी जोसुकैलाई सहयोग गर्न तयार थिए । विश्वमा अमेरिकाको छवि लोकतन्त्र र लोकतान्त्रिक शक्तिको रक्षकको रूपमा बनाइराख्न रुजवेल्ट प्रयत्नशील थिए । तर पर्ल हार्बरमाथिको आक्रमणले उनलाई झकझक्याई दियो । त्यसले गर्दा बाध्य भएर उनले धुरी राष्ट्रको विरुद्ध युद्धको घोषणा गरे । पोलियो रोगका कारण कुँजो भएका रुजवेल्ट युद्धका लागि भागदौड गर्न लायक त थिएनन् तर आफ्नो दृढ इच्छाशक्तिले गर्दा उनले आफ्नो जिम्मेवारी मात्रै होइन, पूरै विश्वयुद्धको दौरानमा मित्रशक्तिहरूको नेतृत्वसमेत गरे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *