मण्डेला नोबेल शान्ति पुरस्कारबाट सम्मानित २०औँ शताब्दीका चर्चित राजनीतिज्ञ हुन् ।

 


काठमाडौं, फागुन ७ गते ।

नेल्सन मण्डेलाको जन्म सन् १९१८ जुलाई १८ मा भएको थियो । दक्षिण अफ्रिकामा सन् १९४० ताका १५ प्रतिशत गोराहरूले ७५ प्रतिशत कालाहरूमाथि अमानवीय ढङ्गले शासन गरेको देखेपछि उनले शोषणको विरुद्ध आन्दोलित शुरु गरे । काला जातिका मानिसहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको देखेपछि उनका संघर्षका दिनहरू प्रारम्भ भए । राजनीतिक, सामाजिक, आर्थिक आदि क्षेत्रहरूमा अल्पसंख्यक गोरा जातिका मानिसहरूको हालिमुहाली विरुद्ध सशक्त ढङ्गले उत्रिए । पेशागत रूपमा कानुन व्यवसायी नेल्सन मण्डेला सन् १९४० पश्चात् सशक्त संघर्षमा उत्रिए ।

सन् १९४४ मा अफ्रिकी राष्ट्रिय कांग्रेसमा आबद्ध भए । सन् १९५० मा अफ्रिकी युवा लिगको राष्ट्रिय अध्यक्ष भए । सन् १९५२ मा कफ्र्यु उल्लंघन गरेको आरोपमा गोराहरूको सरकारले उनलाई पक्राउ ग¥यो । जेल चलान गरेपछि ९ महिना जेल जीवन बिताए । सन् १९५६ मा राष्ट्रघाट गरेको आरोप लगाई उनीविरुद्ध पक्राउ आदेश जारी गरियो । त्यसपछि मण्डेला भूमिगत भए । भूमिगत अवस्थामै अफ्रिका र युरोपका विभिन्न देशहरूको भ्रमण गरे । सन् १९६२ मा स्वदेश फर्केपछि सरकारले पक्राउ ग¥यो । देशद्रोह गरेको आरोपमा सन् १९६४ मा आजन्म कारावासको सजाय दिइयो । सन् १९९० मा जेलमुक्त भए । सन् १९९४ मा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भए । मण्डेला नोबेल शान्ति पुरस्कारबाट सम्मानित २०औँ शताब्दीका चर्चित राजनीतिज्ञ हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *