प्रोटिनको अधिक मात्राबाट मिर्गौलालाई बचाउन रातो मासु कम खानुपर्छ ।

 


काठमाडौं, फागुन १ गते ।
मिर्गौला मानव शरीरको अत्यन्तै संवेदनशील र महत्वपूर्ण अंग हो । मानिसले अपनाउने जीवनशैलीको प्रत्यक्ष प्रभाव यस अंगमा पर्छ । कतिपय मानिस मिर्गौला रोगी भएर पनि थाहा नपाई मृत्युको मुखमा पुग्छन् । मिर्गाैलाको प्रत्यारोपण गर्नु अत्यन्तै खर्चिलो हुन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार प्रत्येक वर्ष नियमित चेक गर्नु अति राम्रो उपाय हुन्छ । सोडियमको मात्रा बढी भएमा मिर्गौलालाई असर पु¥याउने भएकाले नुन कम खानुपर्छ । प्रोटिनको अधिक मात्राबाट मिर्गौलालाई बचाउन रातो मासु कम खानुपर्छ । सोडा धेरै भएको तर पोषिलो तत्व कम भएको पेय पदार्थ खानु हुँदैन । किनकि बढी मात्रामा हुने सोडाले मिर्गौलालाई असर गर्छ । बढी मात्रामा फस्फोरस हुने प्रशोधित खाद्य वस्तु खानु हुँदैन । किनकी फस्फोरसको बढी सेवनले मिर्गाैलालाई असर गर्दछ । गुलियो कम खानुपर्छ । किनकी गुलियो बढी खानेलाई मधुमेहको रोग लाग्छ । मधुमेह रोगको असर मिर्गौलालाई पनि पर्ने भएकाले गुलियोबाट बच्नुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *