राष्ट्रपति भण्डारीले विजया दशमीको टीका सर्बसाधारणलाई लगाइदिने

 

काठमाडौं, असोज १९ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको टीका सर्बसाधारणलाई लगाउने हुनु भएको छ । राष्ट्रप्रमुखको हैसियतले प्रत्येक वर्ष उहाँले सर्बसाधारणलाई विजया दशमीको टीका लगाउँदै आउनु भएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लाग्नु भएको हो । विजया दशमीको टीका सर्बसाधारणलाई लगाउने चलन राजतन्त्रमै चलेको हो । त्यसलाई गणतन्त्रकालमा पनि निरन्तरता दिएइको छ । टीका र प्रसाद प्रदान कार्यक्रम भन्दै राष्ट्रपति कार्यालयले दुई थरी कार्यक्रम सार्वजनिक गरेको छ । दिउँसो दुई देखि तीन बजेसम्म विशिष्ट व्यक्तिहरुलाई टीका लगाउनु हुनेछ । त्यसपछि तीन देखि पाँच बजेसम्म सर्बसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *