काठमाडौं, पौष १ गते ।
दोस्रो विश्वयुद्धको जन्मदाता जर्मनी र एडोल्फ हिटलरले विश्व विजयका नाममा संसारलाई नै ध्वस्त पार्ने गुरुयोजना बनाएको देखिन्छ । परमाणु अर्थात् एटम भनेको त्यो सूक्ष्म तत्व हो जसलाई टुक्र्याउन सकिँदैन । ती सूक्ष्म तत्व परमाणु एक अर्कामा शक्तिशाली ढङ्गले जोडिएर रहेका हुन्छन् । आपसमा जोडिएको त्यो शक्तिशाली जोडाईलाई एक अर्कामा पृथक पार्दा अत्याधिक ठूलो शक्ति पैदा हुन्छ । त्यो शक्तिलाई संसारका विद्यमान अरु कुनै पनि शक्तिले परास्त गर्न सक्दैन । अग्नि, वायु र उर्जा प्रकृतिका शक्तिशाली तत्वहरु हुन् । परमाणु ती शक्तिभन्दा अत्याधिक शक्तिशाली हुन्छ । संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्धको दौरान म्यानहटन परियोजनाको नाममा परमाणु बम निर्माणको थालनी ग¥यो । सन् १९४३ मा शुरु गरिएको यस परियोजनाका शोधकर्ता रोबर्ट सेर्बर हुन् । युरोनियममा आधारित भई एटम बमको निर्माण गरिएको थियो । फ्याट म्यान , थिन म्यान र लिट्ल बोई नाम गरेका तीनवटा परमाणु बम निर्माण गरियो ।
ती शक्तिशाली परमाणु बम बोक्नको लागि विशेष प्रकारको विमानहरुको प्रयोग गरियो । तत्कालिन समयमा १ अर्ब ८८ करोड ९६ लाख ४ हजार अमेरिकी डलर खर्च गरेर ती बमको निर्माण गरिएको थियो । सन् १९४५ अगस्ट ६ को बिहानै हिरोसिमाको मौसम जाँच्न ‘स्ट्रेट फ्लस’ नामको विमान हिरोसिमा तर्फ उड्यो । त्यस विमानका चालक अमेरिकी सैन्य मेजर क्लाउड रोबर्ट इथर्लीले मौसम सफा भएको जानकारी ब्रिगेडिएर जनरल पाउल टिब्बेत्सलाई दिए । लिट्ल बोई नामको परमाणु बम बोकेर ‘इलोला गे’ नामको विमान त्यसतर्फ उड्यो । बिहान ८.१५ बजे उक्त विमानले लिट्ल बोई नामको परमाणु बम जमिनमा खसाल्यो । अगस्ट ९ का दिन ‘फ्याट म्यान’ नामको अर्को परमाणु बम नागासाकीमा खसाल्यो । त्यस आक्रमणले लगभग ३ लाख १६ हजार जापानी नागरिकको ज्यान गए पश्चात् तत्कालिन जापानी सम्राट हिरोहितोले सन् १९४५ अगस्ट १५ मा पराजय स्वीकारेपछि सेप्टेम्बर २ मा दोस्रो विश्वयुद्धको अन्त्य भयो ।