विगतमा खराब राजनीति गर्नेलाई बिहारी राजनीतिको आरोप लगाइन्थ्यो ।

 

काठमाडौं, कार्तिक २० गते ।
विकृत, सिद्धान्तहीन र आदर्शहीन राजनीतिलाई बिहारी राजनीति भन्ने गरिएको छ । नेपालको राजनीतिमा खराब राजनीति गर्नेलाई बिहारी राजनीति गरेको आरोप लगाइन्छ । बिहारी राजनीतिमा सिद्धान्तको कुनै मूल्य हुँदैन । यसमा गुण्डगर्दीको बाहुल्यता हुन्छ । पार्टी शक्ति र राज्य शक्तिको चरम दुरुपयोग हुन्छ । धार्मिक कट्टरता हावी हुन्छ । जातीयता र साम्प्रदायिकताको बर्चस्व हुन्छ । राजनीतिमा अपराधीकरण प्रवृत्ति हावी हुन्छ । नेपालको सीमासँग जोडिएको बिहार प्रान्तको राजनीतिक चरित्रको कारण यसलाई बिहारी राजनीति भनिएको हो । भारतको बिहारमा भएको विकृत राजनीतिलाई नेपालको राजनीतिसँग तुलना गरी आरोप लगाउनेहरुले बिहारी राजनीतिको आरोप लगाउने गर्छन् । बिहारी राजनीति भन्ने विषय आजभोली नेपालको राजनीतिमा त्यति सुनिएको पाइँदैन । तर विगतमा कसैको राजनीतिलाई घृणाभाव व्यक्त गर्न बिहारी राजनीतिको आरोप लगाइन्थ्यो ।

आज बिहारको राजनीतिमा उल्लेखनीय सुधार भएको छ । आर्थिक र सामाजिक विकास पनि भएको छ । त्यसैले बिहारी राजनीति विषय इतिहासको विषय हुँदै गएको छ । नयाँ राजनीतिक पुस्ताको लागि अध्ययनको विषय भएको छ । निर्वाचनमा धाँधली गर्नु, बुध कब्जा गर्नु, लठैत र गुण्डगर्दी प्रयोग गर्नु, पैसा र प्रभावको प्रयोग गर्नु बिहरी राजनीतिको प्रवृत्ति र चरित्र हो । अराजकता र अव्यवस्थालाई बिहारी राजनीतिको स्वभाविक प्रक्रियाको रुपमा लिइन्छ । नेपालमा सिद्धान्तहीन, अवसरवादी, आदर्शहीन, पदको लागि जस्तोसुकै तिकडम गर्ने राजनीतिलाई बिहारी राजनीतिको उपमा दिने गरिएको छ । आज बिहारको निर्वाचन प्रणालीमा उल्लेखनीय सुधार भएको छ । विगतमा बिहारमा लालुप्रसाद यादवको शासनकाल हुँदा नेपालमा बिहारी राजनीतिको खुबै चर्चा हुन्थ्यो । आज उनी त्यहाँ सत्तामा छैनन् । राजनीति र निर्वाचन प्रणालीमा सुधार भएको छ । सोसँगै नेपालमा बिहारी राजनीतिको चर्चा हुन छोडेको छ । जेहोस खराब र संस्कारहीन राजनीतिलाई बिहारी राजनीति भनेर बुझ्न सकिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *