खाना पचाउन इन्जाइमको आवश्यकता पर्दछ जुन टुसादार गेडागुडीमा पर्याप्त पाइन्छ ।

 

काठमाडौं, मंसिर १८ गते ।
स्वदेशमा रोजगारी नपाएको गुनासो गर्दै दैनिकजसो युवाहरु विदेश गइरहेका छन् । कम समयमा धेरै कमाई हुने आशाले विदेश जाने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । तर, स्वदेशमै बुद्धि लगाएर श्रम र पसिना चुहाउन सके मनग्य आम्दानी गर्न सकिन्छ । जसको उदाहरण होa गेडागुडीबाट उमारेका टुसाको उत्पादन र बिक्री बितरण । स्वास्थ्य नै धन हो । स्वस्थ्य रहन सफा र सन्तुलित खाना खानुपर्ने हुन्छ । त्यसको लागि पोषिलो खानेकुराको पहिचान गरिनुपर्छ । पोषिलो, सस्तो र केही मिसावट नभएका भिटामिनयुक्त गेडागुडीबाट उमारेका टुसालाई सजिलै घरमा बनाएर खान सकिन्छ । यसरी उमारेका टुसाबाट भिटामिन सी, ई, ए, बी र खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । क्याल्सियम, आइरन, फोस्फरस सबैभन्दा महत्वपूर्ण खनिजपदार्थ हुन् । यी तत्वले हाडलाई मजबुद बनाउनेदेखि लिएर स्नायु प्रणालीमा फाइदा पु¥याउनुका साथै स्मरणशक्ति राम्रो राख्न पनि सहयोग पु¥याउँछन ।

टुसादार खाना खानाले सुन्दर, स्वस्थ्य र रोगमुक्त रहन मद्दत गर्छ । रोगी बालबालिका तथा वृद्धवद्धामा हुने कुपोषण हटाउन मद्दत गर्छ । हामीले खाएको खाना पचाउन इन्जाइमको आवश्यकता पर्दछ । टुसादार गेडागुडीमा पर्याप्त इन्जाइम हुन्छ । यसले खानालाई सजिलै पचाउन मद्दत गर्छ । त्यस्तै उमारिएको टुसामा रेसाको मात्रा बढी हुने हुँदा कब्जियत र पायल्सका रोगीहरुलाई बढी लाभदायक हुन्छ । यसरी गेडागुडीबाट उमारेको टुसा तरकारी, अचार, सुप र विभिन्न परिकार बनाएर खान सकिन्छ । गेडागुडीमध्ये भटमासको महत्व उच्च रहेको छ । भटमास क्यालोरी एवम् प्रोटिन बढी भएको खाद्यवस्तु हो । भर्खर जन्मेको बच्चालाई लिटो बनाउनेदेखि लिएर भिजाएर उमारेको टुसा स्वादिष्ट खानाको रुपमा प्रयोग गर्न सकिन्छ । भटमासको टुसामा भिटामिन सी पाइन्छ ।

भटमासमा कार्बोहाइड्रेट नपाइने भएकाले मधुमेहका रोगीहरुको लागि र कोलेस्ट्रोल कम हुने खाद्यपदार्थ भएकाले उच्च रक्तचाप भएकाको लागि उत्तम मानिएको छ । त्यसैगरी उमारिएको मेथीको टुसा पनि स्वास्थ्यको लागि लाभप्रद मानिन्छ । यसमा खनिज पदार्थको साथै भिटामिन ए पर्याप्त पाइन्छ । यसले पौष्टिकता दिनुका साथै सुत्केरी महिलाको स्तनमा दुधको मात्रा पनि बढाउँछ । यसरी गेडागुडी भटमास, मेथी, मुङ्, चना आदिबाट टुसा उमारेर खान सकिन्छ । टुसायुक्त खाना खाने प्रचलन भने नयाँ होइन तर धेरैलाई यसको महत्वबारे थाहा भएको पाइँदैन । क्वाँटी उमारेर खाने चलन भएतापनि त्यसको लागि विशेष पर्वनै कुर्ने बानी छ । यस्तो पोषणयुक्त वा शक्तिवद्र्धक खाद्यवस्तु विशेष पर्वमा मात्र नभई सधैँ उमारेर खाने बानी गरेमा स्वस्थ्य बन्न सकिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *