महिला पुरुषद्वारा प्रताडित छन् भने अन्धविश्वासका कारण महिला महिलाद्वारा पनि प्रताडित छन् ।

 


काठमाडौं, मंसिर २ गते ।
प्रजनन् शिशुलाई जन्म दिने प्राकृतिक कार्य हो । यसबाट जीवनले निरन्तरता पाउँछ । महिलालाई शिशुको जन्म दिने वा नदिने भनी प्राप्त भएको प्राकृतिक अधिकारलाई प्रजनन् अधिकार भनिन्छ । हाम्रो समाजमा आजपर्यन्त महिलालाई बच्चा जन्माउने यन्त्रको रुपमा लिइन्छ । उनीहरुलाई बच्चा जन्माउने काममा सीमित गरी उनीहरुको उर्जालाई निभाउने गरिएको छ । विगतमा महिलालाई आफ्नो पेटमा रहेको भु्रणलाई राख्ने वा फाल्ने अधिकार थिएन ।

महिला अधिकारकर्मीहरुको माग अनुसार महिलालाई कानुनी दायरामा रहेर प्रजनन् सम्बन्धी निर्णय गर्ने अधिकार प्रदान गरिएको छ । नेपाली समाज विविधतायुक्त छ भने अन्धविश्वासले पनि जकडिएको कारण आज पनि दूरदराजका महिलाहरु प्रजनन अधिकारबाट वञ्चित छन् । पुरुष प्रधान नेपाली समाजमा महिला पुरुषद्वारा प्रताडित छन् भने अन्धविश्वासका कारण महिला महिलाद्वारा पनि प्रताडित छन् । राज्यले महिलाको प्रजनन् अधिकारलाई व्यवहारिक रुपमै सुनिश्चित गर्नुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *