वैदेशिक रोजगारीलाई कडार्ई र स्वरोजगार मार्फत उद्यमशिलता प्रबद्र्धन समृद्धिको आधार ।

 

काठमाडौं, कार्तिक २० गते ।
गरिबीको पीडा गरिबलाई मात्रै थाहा हुन्छ । गरिबीबाट फाइदा उठाउनेको लागि केको पीडा ? नेपाल गरिब हुँदाको पीडा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई बढी छ । आफ्नो देशमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीको लागि युवाहरु बाध्य भएका छन् । भारत, मलेसिया, युएई, कतार, साउदी अरब, युरोप, अमेरिका लागयत १ सय १० भन्दा बढी देशहरुमा नेपाली युवाहरुले श्रम बेचिरहेको छन् । पचास लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा छन् भनिन्छ । भारतमा श्रम बेचिरहेका युवाहरुको आंकडा सरकारसँग छैन । त्यसैले नेपाली युवाहरु विदेशमा कति छन भनेर निश्चित भन्न सक्ने अवस्था छैन । अन्य मुलुकहरुमा पनि लुकिछिपी रहेका युवाहरुको संख्या धरै छ भनिन्छ । सुन्दर भविष्यको खोजीमा गएका तिनीहरुलाई परिवारले कफिनमा फिर्ता पाएका छन् । यो कहाली लाग्दो तस्विरले देशकै वैज्जत भएको छ । तिनीहरुको जीवन कसरी वितिरहेको होला ! बाँकी जीवन कसरी विताउलान ! केही शारीरिक रुपमा अंगभंग भएका छन् भने केही मानसिक रुपमा विछिप्त भएका छन् । कफिनमा फर्किएका हुन्, अंगभंग भएका हुन् वा कोमामा रहेका हुन् ती सबैनै परिवार, समाज र देशका लागि क्षति हुन । विकास र समृद्धिको लागि पसिना बगाउन सक्षम ती युवाहरुलाई गुमाउनु देशको लागि ठूलो क्षति हो । यो कहाली लाग्दो आंकडालाई हेर्दा वैदेशिक रोजगारी नेपाली युवाका लागि असुरक्षित छ । तर, सरकार भने युवाको लास र रगतमा रेमिट्यान्सको हिसाब गरिरहेको छ ।

देशको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदानको प्रशंसा गरिरहेको छ । रेमिट्यान्सको लोभमा युवाको पलायन गर्नु राम्रो होइन । युवाको लासमा रेमिट्यान्सको पैसा गन्नु जस्तो लज्जास्पद अरु के हुन्छ ? १८ वर्षदेखि ५० वर्षबीचका ठूलो संख्याका नेपालीहरुले विदेशमा श्रम बेचिरहेका छन् । कतिले होस् गुमाएका छन्, कतिले अंग गुमाएका छन् र कतिले ज्यान गुमाएका छन् । पसिनाले मरुभूमि सिंचित गरिरहेका छन् । आफ्नै देशमा युवालाई रोक्ने सरकारको योजना खोई ? युवालाई स्वरोजगार हुन प्रोत्साहित गरेको खोई ? युवालाई उद्यमशिल बनाएको खोई ? युवालाई उत्पादनमा जोड्नु पर्दैन ? वैदेशिक रोजगारीलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्छ । युवाको पसिना नेपाली भूमिमा नबगाउने हो भने देशको विकास कहिले होला ? दशौँ लाख युवालाई स्वरोजगार हुन प्रेरित गर्नुपर्छ । पढेका हुन वा नपढेका, दक्ष हुन वा अदक्ष, प्राविधिक हुन वा गैरप्राविधिक सबै युवा विदेश पलायन भएका छन् । नेपालले भने ती युवाको प्रयोग गर्न नसक्ने भन्ने हुन्छ ? रोजगारी दिन कठिन भए स्वरोजगार बनाउन गाह्रो हुँदैन । किनकी नेपाल भनेको मरुभूमिको देश होइन । प्राकृतिक स्रोत साधनको हिसाबले गरिब छैन । सरकारले सामान्य वातावरण बनाए मात्रै पनि युवा स्वरोजगार हुन सक्छन् । वैदेशिक रोजगारीलाई कडाई गर्ने र स्वरोजगार मार्फत उद्यमशिलता प्रबद्र्धन गर्ने हो भने छोटो समयमै देशको विकास सम्भव छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *