अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आगामी बजेटको आकार बढाउने सङ्केत

 

काठमाडौं । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षको बजेटको आकार बढाउने सङ्केत दिएका छन् । सार्वजनिक रुपमै उक्त सङ्केत गरेका हुन् । आगामी आर्थिक वर्षमा अर्थतन्त्रको आकार ७० खर्ब पुग्ने प्रक्षेपण गरेका छन् । सोही अनुरुप बजेटको आकार बढाउनुपर्ने उनको तर्क रहेको छ । राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङ कम भएको बताए ।

कम्तीमा पनि २०/२१ खर्बको बजेट ल्याउनुपर्छ । जबकी आयोगले १८ खर्ब ९० अर्बको सिलिङ तोकेको छ । सरकारको अनिवार्य दायित्व साँढे तीन खर्ब रहेको छ । ऋणको साँवा र व्याज तिर्न ४ खर्ब चाहिन्छ । ७ प्रतिशतको आर्थिक वृद्धिको लागि पुँजीगत बजेट ठूलो मात्रामा परिचालन गर्नुपर्ने हुन्छ । सरकारको लक्ष्य प्राप्तिको लागि बजेटको आकार बढाउनुपर्ने उनले तर्क गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *