अनिकाल र मूल्य वृद्धिका कारण सर्वसाधारण जनता संकटग्रस्त हुँदा फ्रान्सेली क्रान्तिको आधार बन्यो ।

 

काठमाडौं, कार्तिक १२ गते ।
फ्रान्सको इतिहासमा सबैभन्दा ठूलो समस्या सन् १७८६ को औद्यौगिक संकट बन्यो । त्यसपछि सन् १७८७ र सन् १७८८ मा देशैभरी खडेरी पर्न गई अन्न उत्पादनमा कमी भएका कारणले आर्थिक मन्दी भयो । त्यसले फ्रान्सेली राज्य क्रान्तिका लागि उर्वर वातावरण बनाउँदै गयो । अनिकाल र मूल्य वृद्धिका कारण सर्वसाधारण जनता संकटग्रस्त जीवन विताउन वाध्य हुनु नै उक्त क्रान्तिका लागि महत्वपूर्ण आधार बन्यो । स्टेट जनरलका कुलिन वर्ग, पुरोहित वर्गहरु पनि सामान्य जनताका प्रतिनिधि जस्तै राजतन्त्र विरुद्ध आक्रोसित बन्दै जानु नै राजतन्त्रको अवशान हुने अर्को मुख्य कारण थियो । अर्कोतर्फ सामान्य जनताको प्रतिनिधि भने पूरै आक्रोशित थिए । लुई १६ आँै राजाले करिब १ सय ५० वर्ष पश्चात बढ्दो आर्थिक संकट समाधान गर्नको लागि भर्साइल स्टेट जनरलको बैठक बोलाउन वाध्य भए । उनले भर्साइल स्टेट जनरलका ३ वटै तप्का कुलिन वर्ग, पुरोहित वर्ग र सामान्य जनाताका प्रतिनिधिहरुसँग राष्ट्रको आर्थिक संकटको समाधान गर्ने उपाय खोज्न चाहन्थे । उनको उक्त भर्साइल स्टेट जनरलका बैठकमा प्रस्तावित एजेण्डाहरु मध्यको प्रमुख एजेण्डा राष्ट्रमाथिको बढेको ऋणलाई कसरी चुक्ता गर्ने ? र अर्थ व्यवस्था कसरी सुदृढ गर्ने ? भन्ने थियो ।

त्यस बैठकमा सामान्य जनताका प्रतिनिधिहरु नै लगभग एघार सयको संख्यामा भएकाले उक्त आर्थिक संकटको कारण राजाविरुद्ध आक्रोशित भए । सामान्य जनताका वकिल र वुद्धिजीवी प्रतिनिधिहरुले राजाका विरुद्ध विभिन्न आरोप लगाउँदै जनताका आवाज उठाएका थिए । ५ मई १७८९ मा सुरु भएको स्टेट जनरलको बैठकमा लगभग २ महिना बहस भएको थियो । सामान्य जनताका प्रतिनिधिहरुले लगभग ९६ प्रतिशत स्थान ओगटेकाले जनताको एजेण्डालाई बहुमतद्धारा पारित गर्न चाहन्थे । जनताका एजेण्डा पारित हुने देखेपछि राजाले सामान्य जनताका प्रतिनिधिहरुलाई सदनबाट निष्काशन गरेर कडा कारवाही गर्ने चेतावनी दिए । सामान्य जनताका निष्काशित प्रतिनिधिहरुले एउटा टेनिस कोर्टको हलमा बैठक सञ्चालन गर्न वाध्य भए । उक्त बैठकमा फ्रान्सको आर्थिक, सामाजिक र राजनीतिक क्रान्ति गरी नयाँ संविधान जारी नगरेसम्म पछि नहट्ने शपथ खाए । सामान्य जनताका प्रतिनिधिहरुको क्रान्तिकारी निर्णय थाहा पाएपछि लुई १६ औं राजाले उनीहरु विरुद्ध कडा कारवाही गर्ने चुनौतिपूर्ण धम्की दिए । त्यसको बदलामा सामान्य जनताका प्रतिनिधिहरुले राजालाई त्यस्तै धम्की दिँदै भने कि ‘संगिनको धारबाट सक्छौ भने हामीलाई हटाउ’ । उक्त धम्की पछि लुई १६ औँ डराए । अन्ततः फ्रान्सेली क्रान्ति भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *