सार्वजनिक निजी साझेदारीमा सार्वजनिक क्षेत्रले निजी क्षेत्रसँग आर्थिक विकासको लागि सहकार्य गर्छ ।

 

काठमाडौं, कार्तिक १२ गते ।
सार्वजनिक निजी साझदारी भनेको आर्थिक विकासको एउटामा मोडेल हो । यसलाई आर्थिक विकासको नियमको रुपमा पनि विश्लेषण गरिन्छ । यस सिद्धान्त अनुसार सार्वजनिक क्षेत्र र निजी क्षत्रको संयुक्त प्रयासमा आर्थिक विकास गरिन्छ । आर्थिक विकासको यस प्रारुपलाई सबै भन्दा पहिले बेलायतले सुरु गरेको हो । सन् १९८० को दशकमा आर्थिक विकासको यो प्रारुपलाई बेलायतले अभ्यासमा ल्यायो । नेपालले पनि १९९० पछि यस मोडेललाई प्रयोग गरेको देखिन्छ । सार्वजनिक क्षेत्रले निजी क्षेत्रसँग आर्थिक विकासको लागि सहकार्य गरेको पाइन्छ । विकास कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने वा निजी क्षेत्रको हिस्सेदारी बढाउने लक्ष्य लिएको हुन्छ । सङ्गठित निजी क्षेत्रलाई प्रयोग गर्दा राज्य वा सार्वजनिक क्षेत्रलाई सहयोग पुग्छ ।

देशको विकास तथा समृद्धिको लागि जनता अर्थात निजी क्षेत्रलाई जोडेर लैजानु पर्छ भन्ने यो सिद्धान्तको मान्यता हो । निजी क्षेत्रको संलग्नता र भागेदारीमा आर्थिक विकास हुन्छ भन्ने मान्यता पीपीपी मोडेलले लिएको हुन्छ । सार्वजनिक र निजी क्षेत्रको आर्थिक परिचालन नै देशको अर्थतन्त्रको परिचालन हो भन्ने मान्यता राख्छ । नेपालले सरकारी, सहकारिता र निजी क्षेत्रको माध्यमबाट अर्थतन्त्रको विकास गर्ने नीति अवलम्वन गरेको छ । अर्थतन्त्रको उक्त मोडेल अनुसार शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सुरक्षा, पेट्रोलियम पदार्थ जस्ता गैरनाफामूलक प्रकृतिका क्षेत्रमा सार्वजनिक अर्थतन्त्र प्रयोगमा आउँछ । निजी क्षेत्रलाई नाफामूलक उद्योग व्यवसायको क्षेत्रमा संलग्न गराइन्छ । सार्वजनिक र निजी बाहेक समुदाय आधारित अर्थतन्त्र परिचालन गर्न सहकारीलाई अगाडि सारिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *