समाजले नै खराब मूल्यमान्यता बोकेपछि व्यक्ति र परिवार खराब हुने नै भए ।

 

काठमाडौं, फागुन २३ गते ।
समाज समूह मात्रै होइन् । एक अंश भने पक्कै हो । समूहले मूल्यमान्यता अर्थात् विचारको निर्माण र धारण गरेपछि त्यो समाज हुन्छ । समाज तत्काल बनाउने विषय होइन र त्यो सम्भव पनि छैन् । समाज निर्माणमा लामो मानव विकासको शृङ्खला जोडिएको हुन्छ । विगतमा मान्छे वा मानव समुदालयले आजको ज्ञान विज्ञान देख्न र भोग्न पाएको थिएन । इतिहासका विभिन्न समय शृङ्खलामा मान्छे वा मान्छेको अगुवाले जे भोग्यो र जे अनुभूत ग¥यो त्यसको प्रभाव व्यक्ति, परिवार र समाजमा प¥यो ।

त्यस बखतको बुझाई र भोगाई समाजले धारण ग¥यो र समाजिक मूल्यमान्यताको रुपमा विकास भयो । कतिपय मूल्यमान्यता इतिहासका विभिन्न समय शृङ्खलामा हराए होला । कतिपयलाई भने समाजले बोकेर बस्यो । ती मूल्यमान्यता मध्ये कतिपय राम्रा होलान त अधिकांश स्वयम् समाजका लागि हानिकारक छन् । त्यसको प्रभाव व्यक्ति र परिवारको जीवनमा पर्ने नै भयो । समाजलाई व्यवस्थित गर्न राजनीतिको विकास भयो । दुर्भाग्य राजनीतिले सो गलत मूल्य मान्यतालाई संस्कृति र संस्कारको नाममा झनै जोगाएर बस्यो ।

इतिहासको विषय भएकाले मणीको रुपमा संग्रहालयमा राखेको भए त गजब हुन्थ्यो । तर, अभ्यासमा कायम राख्यो । त्यो आजको एक प्रमुख समस्या हो । समाजको गर्भबाट राजनीतिको जन्म हुन्छ । किनकि समाजका लागि राजनीति हो । त्यसो भएर समाजलाई आफ्नै जननीको रुपमा मान्दै खराब मूल्यमान्यतालाई बदल्न चाहेन् । जसले प्रयत्न गरे उनीहरु अल्पमतमा परे । समाजले खराब मूल्यमान्यतालाई स्वभाविक प्रक्रियाबाट बदल्न सक्छ र बदल्छ नै । तर त्यसले लामो समय लिन्छ । मुख्य कुरा समाजका खराब मूल्यमान्यलाई आज अर्थात् हाम्रै जीवनमा बदल्ने हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *